RSS Amplifier

Blog

न्यूज टुडे

न्याय र समानताका लागि

newstoday.com.npSource feed ↗33 posts

Live Last read · last published · next check

Written by

Latest posts

मावि सेहरामा अनियमितताको आरोप :  वडाध्यक्षले गरे तालाबन्दी

न्यूज टुडे राजविराज,१३ भदौ । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गहिराइ जनता मावि सेहरा रौतहटको विद्यालय प्रशासन कक्षमा तालाबन्दी गरिएको छ । शिक्षक–कर्मचारी भर्ना प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै वडाध्यक्ष सुर्य कुमार दासले विद्यालय प्रशासन कक्षमा तालाबन्दी गरेका हुन् । विद्यालयमा रिक्त रहेको प्लस टु तर्फ लेखा विषयको एक, अंग्रेजी विषयको एक तथा… Continue reading मावि सेहरामा…

रसुवा भोटेकोसी बाढी घटना : सप्तरीका सम्पर्क विहीनको संख्या ३० पुग्यो

न्यूज टुडे राजविराज,१२ भदौ । रसुवाको भोटेकोसीमा बुधबार आएको विनाशकारी बाढीपछि सप्तरीका विभिन्न स्थानका गरि सम्पर्क विहीन हुने संख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा शुक्रवार सार्वजनिक गरेको तथ्यांक अनुसार सम्पर्क विहीन हुनेको संख्या ३० पुगेको हो । भोटेकोसीमा आएको बाढीपछि तथ्यांक संकलनको क्रममा हालसम्म ३० जना सम्पर्कमा नआएको परिवारजनले बताएको जिल्ला प्रहरी… Continue reading रसुवा…

भोटेकोसी बाढी घटना : सप्तरीका २२ जना सम्पर्क विहीन

न्यूज टुडे राजविराज,१२ भदौ । रसुवाको भोटेकोसीमा बुधबार आएको विनाशकारी बाढीपछि सप्तरीका विभिन्न स्थानका गरि २२ जना सम्पर्क विहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा शुक्रवार एक तथ्यांक जारी।गर्दै सम्पर्क विहीन व्यक्तिहरुको अवस्था सार्वजनिक गरेको हो । भोटेकोसीमा आएको बाढीपछि तथ्यांक संकलनको क्रममा हालसम्म २२ जना सम्पर्कमा नआएको परिवारजनले बताएको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा……

उद्धारमा जुटौं

रसुवामा आएको बाढी फैलिएका कारणले धादिंग, नुवाकोट, चितवन, गोरखा लगायतका जिल्ला समेत प्रभावित भएका छन् । भोटेकोसीबाट आएको बाढीले मच्चाएको बितण्डाका कारण धेरैको हताहती भयो । सरकारले घटनाको खबर आएलगत्तै उध्दारको कार्य थालनी गर्यो ।जोखिमयुक्त तल्लो तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नकालागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सरकारले निर्देशन जारी गर्यो । बाढी आएको सूचना… Continue…

राजनीतिक यथास्थिति : दलहरूलाई आत्मसुधार र आत्मतयारीको अवसर

सन्तोष कुमार चौधरी नेपालको वर्तमान राजनीति हेर्दा देश फेरि एउटा निर्णायक राजनीतिक चौराहामा उभिएको अनुभूति हुन्छ। व्यवस्था परिवर्तनका अनेक चरण पार गरिसकेपछि पनि राजनीतिक स्थायित्व, सुशासन, आर्थिक समृद्धि, सामाजिक न्याय र राष्ट्रिय एकताको प्रश्न समाधान हुन सकेका छैनन्। २००७ सालको जनक्रान्तिदेखि आजसम्म नेपालले राणा शासन, प्रजातन्त्र, राजाको प्रत्यक्ष शासन, पञ्चायती व्यवस्था, बहुदलीय प्रजातन्त्र,…

विपत्तिको सामनामा जुटौं

रसुवामा बुधबार विहान आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ । बाढीमा परेर कतिपय सुरक्षाकर्मी तथा कर्मचारी समेत सम्पर्कविहीन बनेका छन् । बस्ती नै सखाप पार्ने गरी एक्कासी आएको बाढीले गरेको क्षतिको पूर्ण बिवरण अहिलेसम्म पनि आईसकेको छैन । तथापि विभिन्न बस्ती नै बाढीमा बगेका कारण क्षति ठूलो भएको छ भन्ने कुराको अनुमान चाहिँ लगाउन… Continue reading विपत्तिको सामनामा जुटौं The post विपत्तिको सामनामा जुटौं…

रसुवाको बाढीमा काँचनका एकै परिवारका तीन दाजुभाइ सम्पर्कविहीन : परिवारजन चिन्तित

न्यूज टुडे राजविराज,१० भदौ । रसुवामा बुधबार बिहान आएको बाढीमा सप्तरीको बोदेबरसाइन नगरपालिका–८ काचनटोलका एकै परिवारका तीन दाजुभाइ सम्पर्कविहीन भएका छन्। स्थानीय ३१ वर्षीय देवकुमार यादव, ३५ वर्षीय शिवकुमार यादव र २५ वर्षीय सचित यादव सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन तीनै जना रसुवास्थित एक हाइड्रोपावरमा कार्यरत रहेको बुवा लालबहादुर यादवले बताए । देवकुमार इन्जिनियर, सचित ओभरसियर र शिवकुमार……

राजविराजमा मुश्लिम धर्मावलम्बीद्वारा शान्ति र्‍याली प्रदर्शन

न्यूज टुडे राजविराज,१० भदौ । राजविराजमा बुधबार मुश्लिम धर्मावलम्बीद्वारा शान्ति र्‍याली प्रदर्शन गरेको छ । १२( रविअव्व्ल) मोहम्मद सल्ल्ल्लाहू अलैही वसल्लमको जन्म दिनको अवसरमा मुश्लिम समाज राजविराज सप्तरीद्वारा शान्ति र्‍याली प्रदर्शन गरेको हो । ‘इस्लामको पैगाम, इन्सानियतके नाम’ भन्ने मुल नाराको साथ झाकीसहित निकालिएको शान्ति र्‍यालीले राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको थियो । राजविराज……

तालाबन्दी मात्रै हो समाधान ?

कुनै विषयलाई लिएर उत्पन्न विवादपछि तालाबन्दी गर्ने परम्परा नौलो होईन । तर यसको पनि विकल्प हुँदाहुँदै तालाबन्दीमाथि नै बढी जोड दिने गरिएका कारण त्यसको असर अरुले पनि भोग्नु पर्ने अवस्था आउने गर्दछ । पछिल्लो चरणमा सप्तरीको राजगढ गाउँपालिका वडा नं.२ स्थित खुशज आधारभूत विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक वीचको आन्तरिक विवाद गाउँपालिका पुग्यो । विवादकै… Continue reading तालाबन्दी मात्रै हो समाधान…

आधारभुत विद्यालय कमलपुरको विवाद चुलियो : शिक्षा शाखामा लगाइएको ताला कायम

,न्यूज टुडे राजविराज,०९ भदौ । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर – २ मा अवस्थित खुजश आधारभूत विद्यालय कमलपुरको विवाद गाउँपालिका पुगेको छ । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितीको आन्तरिक विवाद गाउँपालिका पुग्दा शिक्षा शाखामा तालाबन्दी हुँदा शिक्षा सम्बन्धि सम्पूर्ण कामकाज प्रभावित भएको हो । प्रधानाध्यापक रविन्द्र यादवको जनता माध्यमिक विद्यालय राजगढ ३ नर्घो सरुवाको विषयलाई… Continue reading…

बालवालिका सुरक्षाको चिन्ता

सप्तरीको शम्भुनाथ नगरपालिकामा एक दुई वर्षिया बालिकाको हत्या भएको छ । आईतबार विहानदेखि हराईरहेकी उनको शव दिउँसो फेला परेको हो । यस जघन्य अपराधले गर्दा वालवालिको सुरक्षा प्रति चिन्ता थपिनु स्वाभाविकै हो । अबोध तथा निष्छल,निष्कपट मनका दुई वर्षका बच्चाको पनि हत्या हुन थालेपछि यस्तो चिन्ता त बढ्छ नै । कसैको केही नबिगारे पनि यसरी… Continue reading बालवालिका सुरक्षाको चिन्ता The post बालवालिका सुरक्षाको…

वर्तमान सरकार सर्वहाराको  समस्या प्रति गम्भीर छैन :  पूर्वमन्त्री यादव

न्यूज टुडे राजविराज,०८ भदौ । नेपाली कम्युनिष्ट पार्टीका मधेस प्रदेश इन्चार्ज एवम् पूर्वमन्त्री महेन्द्र राय यादवले रास्वपाको नेतृत्वमा रहेको वर्तमान सरकार किसान, मजदुर , सर्वहारा जनताको पक्षमा नभएको आरोप लगाएका छन् । नेपाली कम्युनिष्ट पार्टी सप्तरीको जिल्ला पार्टी एकता समायोजन तथा एकदिने प्रशिक्षण कार्यक्रमलाई राजविराजमा सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले… Continue reading…

नेपाल प्रेस युनियन सप्तरीको अध्यक्षमा माझी

न्यूज टुडे राजविराज, ०७ भदौं । नेपाल प्रेस युनियन सप्तरीको अध्यक्षमा मनोज कुमार माझी चयन भएका छन् । सप्तरीको राजविराजमा शनिवार सम्पन्न नेपाल प्रेस युनियन सप्तरीको आठौँ जिल्ला अधिवेशनबाट माझी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले माझीको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको निर्वाचन समिति संयोजक गणेशलाल देवले बताए । नव… Continue reading नेपाल प्रेस युनियन सप्तरीको…

सप्तरीको ट्राफिकमा दुई बर्षीय बालिकाको शंकास्पद’ मृत्युु

न्यूज टुडे राजविराज,०७ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिका-३, ट्राफिक चोकमा आइतबार दुई वर्षकी बालिकाको ‘शंकास्पद’ मृत्यु भएको छ । आइतबार बिहानदेखि हराइरहेकी मोहम्मद इरफानकी छोरी खुशी खातुन दिउँसो २ बजे मृत भेटिएको हो । खातुन दिउँसो घरपछाडिकै घारीमा मृत भेटिएको स्थानीयले बताए । उक्त प्रकरणमा उनकी सौतेनी आमा अनुसन्धानको घेरामा तानिएकी छन्। घटनाको प्रारम्भिक अनुसन्धानले… Continue reading सप्तरीको…

सकारात्मक कामको समर्थन गरौं

राजविराज नगरपालिकाले बल्ल राम मन्दिरदेखि पानी टंकी सडक अतिक्रमण बारे चासो लिएको छ । मन्दिर अगाडि उत्तरपट्टिको सडक खण्डमा तरकारी बजार लगाएर आवागमनमा अप्ठ्यारो पारिरहेको अवस्थामा सुधारकालागि नगरपालिकाले सक्रियता बढाएको हो । सडक छेउमा तरकारी बजार लगाउने,नजिकैको सब्जी मण्डीमा जुनसुकै समयमा मालसामान लिई आएको ढुवानीका साधन सडकमा घण्टौं रोकेर अनलोड गर्ने,जथाभावी सवारी साधनको पार्किंगका कारण… Continue…

सरकार पत्रकारको प्रश्नबाट डराइरहेका छन् :  महासचिव पौडेल

न्यूज टुडे राजविराज,०६ भदौ । नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेलले बर्तमान सरकार पत्रकारहरुको प्रश्नबाट डराएर भाग्ने गरेको आरोप लगाएका छन् । सप्तरीको राजविराजमा शनिबार आयोजित नेपाल प्रेस युनियन सप्तरीको आठौं अधिबेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अधिबेशन उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार संचार क्षेत्र……

खादमा कालोबजारीः सुशासनको उपहास

रासायनिक मल अभावका कारण यस पटक पनि किसानहरुले पिरोलिनु परेको छ । केन्द्र सरकारले रासायनिक मल पठाएको बताईरहँदा स्थानीयस्तरमा त्यसको हाहाकार रहेका कारण बालिनाली लगाउने समयमा किसानहरुको छटपटी बढेको हो । केन्द्रले मलखाद पठाएको बताउने अनि किसानले चाहीँ नपाएर पिरोलिनु पर्ने अवस्था रहेका कारण बीचमा त्यसको चलखेल हुँदै छ भन्ने शंका उठ्नु अस्वाभाविक हुन सक्दैन… Continue reading खादमा कालोबजारीः सुशासनको…

रुपनगरमा सामुदायिक वनको सहयोगमा प्रतिक्षालय निर्माण हुँदै

न्यूज टुडे कंचनरुप ५ भदौ । कञ्चनरुप नगरपालिका–१२ स्थित रुपनगरको तिनघरे टोलमा प्रतिक्षालय निर्माण हुने भएको छ। निकुरी–टिकुरी सामुदायिक वनको आर्थिक सहयोगमा निर्माण हुन लागेको प्रतिक्षालयको शुक्रबार एक कार्यक्रमबीच शिलान्यास गरिएको हो। निकुरी–टिकुरी सामुदायिक वनकी अध्यक्ष भगवती परमारले एक समारोहबीच प्रतिक्षालयको शिलान्यास गरेकी हुन्। प्रतिक्षालय निर्माणका लागि सामुदायिक वनले करिब १२ लाख रुपैयाँ सहयोग…

चन्द्रपुरको बैंक खाता खुल्ने, रोकिएका काम अघि बढ्ने

न्यूज टुडे राजविराज,०५ भदौ । लामो समयदेखि अवरुद्ध रहेको चन्द्रपुर नगरपालिकाको बैंक खाता सञ्चालनमा आउने भएको छ। नगर प्रमुख सञ्जयकुमार काफ्ले र प्रमुख प्रशासकीय अधिकृत भद्रिराज ढकालबीचको असमझदारीका कारण रोकिएको आर्थिक कारोबारलाई निकास दिन कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार समिति संयोजक कल्याण कुश्वारसहित जनप्रतिनिधिहरूले सक्रियता बढाएपछि खाता खोल्ने सहमति बनेको हो। खाता सञ्चालन नहुँदा…

मोहनपुर सामुदायिक वनलाई पर्यटकीय क्षेत्र बनाइने: हात्ती आतंक रोक्न स्थानीय सरकारले साथ दिने

न्यूज टुडे कञ्चनरूप ०५ भदौ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ६ मा रहेको महुलीमोहनपुर सामुदायिक वनलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गरिने भएको छ । सञ्चारकर्मी उत्तम आचार्य र सामुदायिक वनका अध्यक्ष प्रदिप आचार्य सहितको टोलीले गरेको स्थलगत अनुगमन तथा अवलोकनका क्रममा वनको वर्तमान अवस्था र आगामी रणनीतिका बारेमा योजना… Continue reading मोहनपुर सामुदायिक वनलाई…

सप्तरीमा व्यावसायिक पशुपालनतर्फ आकर्षण: आचार्य पशुपालन फर्म नमूना बन्दै

उत्तम आचार्य कन्चनरुप , ०५ भदौ । सप्तरीको अग्निसाइर कृष्णसंवरण गाउँपालिका वडा नं. ६ महुली मोहनपुरमा सञ्चालित ‘आचार्य पशुपालन फर्म’ स्थानीय स्तरमा व्यावसायिक पशुपालनको बलियो उदाहरण बन्दै गएको छ। श्रीमती लिला पोखरेलको प्रोपोराइटरसिप (सञ्चालन) मा रहेको यस फर्मले व्यवस्थित रूपमा गाई र बाख्रा पालनलाई सँगसँगै अगाडि बढाएको हो । विगत केही समयदेखि व्यावसायिक रूपमा सञ्चालनमा… Continue reading सप्तरीमा…

सप्तरीमा जापानिज इन्सेफ्लाइटिस प्रकोप : दुईजनाको लियो ज्यान

न्यूज टुडे राजविराज,०५ भदौ । सप्तरीमा जापानिज इन्सेफ्लाइटिस संक्रमणको प्रकोप देखिएको छ । संक्रमणबाट दुई जनाको मृत्यु भएपछि रोगको प्रकोप सार्वजनिक भएको हो । जापानिज इन्सेफ्लाइटिसबाट तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार रामको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । स्वास्थ्य कार्यालयको अनुसार यादवको २०८३… Continue reading…

रसायनिक मलमा अनियमितता

नक्कली किसान कार्ड बनाएर मलखादमा अनियमितता गरेको भनि सप्तरीको खडक नगरपालिका वडा नं.१ का किसानहरुले गुनासो गरेका छन् । गत मंगलबार राजविराजमा पत्रकार सम्मेलनै गरेर उनीहरुले यस्तो आरोप लगाएका हुन् । स्थानीय एक कृषि फर्मका सञ्चालक र सम्बन्धित वडाध्यक्ष समेतको मिलोमतोमा मल खादमा कालोबजारी भईरहेको उनीहरुको दावी छ । विदेशमा रहेका कतिपय व्यक्ति समेतको नाममा… Continue reading रसायनिक मलमा अनियमितता The…

सप्तरीमा बहुविवाह मुद्दाका एक प्रतिवादी पक्राउ

न्यूज टुडे राजविराज,०४ भदौ । सप्तरीमा बहुविवाह मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् । सप्तरीको खडक नगरपालिका ७ का भुपेन्द्र पासवान पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले बुधबार पासवानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बहुविवाह मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजले दोषी ठहर गरेपछि फरार रहेका उनलाई… Continue reading सप्तरीमा…

रासायनिक मलमा किचलो

संघीय सरकारकी कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सरकारले किसानलाई रासायनिक मल बितरण गरिरहेको बताएकी छिन् । तीन तहको सरकार रहेकोले ती तीनवटैको भूमिका रहने गरी कार्यबिधि अनुसार काम भईरहेको उनको दावी छ । वास्तविक किसानको कति जग्गा छ र उसलाई कति मलको आवश्यकता पर्छ भन्ने कुरा प्राबिधिकले सुझाव दिए अनुसार मल उपलब्ध गराउने… Continue reading रासायनिक मलमा किचलो The post रासायनिक मलमा किचलो…

धर्मीहल्फाद्वारा आँखा शिविर संचालन : २ सय ५१ जनाले गराए आँखा जाँच

न्यूज टुडे राजविराज, ०३ भदौ । सप्तरीको छिन्न्मस्ता गाउँपालिका ३ मा बुधबार आँखा शिविर संचालन गरिएको छ । धर्मी हल्फा महिला विकास क्लव सप्तरीको आयोजना तथा सगरमाथा चौधरी आंँखा अस्पताल लहानको प्राविधिक सहयोगमा आँखा शिविर संचालन गरिएको हो । शिविरको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले उद्घाटन गरेका थिए । आँखा शिवर उद्घाटन गर्दै प्रजिअ… Continue reading धर्मीहल्फाद्वारा आँखा शिविर संचालन : २ सय ५१…

अधिकार सुनिश्चितताको लागि एकताबद्व हुनुपर्नेमा जोड

न्यूज टुडे राजविराज,०३ भदौ । अधिकार सुनिश्चितताको लागि एकताबद्व हुनुपर्ने मिरर ब्याज पीडित विरुद्ध संघर्ष समितिका अभियानताहरुले जोड दिएका छन् । मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल सप्तरीद्वारा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ मा बुधबार आयोजित मिथिला कमाण्ड सप्तरीको विस्तारित बैठकका सहभागी वक्ताहरुले यस्तो जोड दिएका हुन् । बैठकमा बोल्दै बक्ताहरुले मिटर व्याज पीडित… Continue…

बृक्षरोपण भन्दा हुर्काउन चुनौतीपूर्ण छ : डिभिजन वन अधिकृत दास

न्यूज टुडे राजविराज,०३ भदौ । डिभिजन वन कार्यालय सप्तरीका डिभिजन वन अधिकृत सुभाषचन्द्र दासले बृक्षरोपण गर्न सहज भएपनि यसलाई हुर्काउन चुनौतीपूर्ण भएको बताएका छन् । हरित दृष्टि संस्था ( भिजिओ) नेपालद्वारा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित वनदेवी सामुदायिक वन क्षेत्रमा बुधबार आयोजित बृक्षरोपण कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । वनदेवी वन उपभोक्ता… Continue reading बृक्षरोपण…

बैकिङ्ग कसुर मुद्दाका प्रतिवादी रजक पक्राउ

न्यूज टुडे राजविराज,०३ भदौ । सप्तरीमा बैकिङ्ग कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको तिरहुत गाउँपालिका ३ का दामोदर रजक पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार रजकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बैकिङ्ग कसुर मुद्दामा सप्तरी जिल्ला अदालतले दोषी ठहर गरेपछि फरार… Continue reading बैकिङ्ग कसुर मुद्दाका…

श्रेष्ठको रिहाई

आखिर पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । सर्बोच्च अदालतले सोमबार दिएको आदेशबाट उनी रिहा भएका हुन् । आस्था प्रकाशन प्रा.लि.का अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक रहेका श्रेष्ठलाई समाचार लेखेकै निहुँमा प्रहरीले पक्राउ गरेको थियो । उनकी पत्नीले पक्राउ गैरकानूनी भएको भन्दै दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्बोच्चले सोमबार सुनुवाई गर्दै रिहाईको आदेश जारी गरेको… Continue reading श्रेष्ठको…

किर्ते किसान कार्ड बनाएर मलमा अनियमितता गरेको आरोप

न्यूज टुडे राजविराज,०२ भदौ । किर्ते किसान कार्ड बनाएर मलखाद्यमा अनियमितता गरेको सप्तरीको खडक नगरपालिका १ किसानहरुले आरोप लगाएका छन् । राजविराजमा मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै श्री मिशन कृषि फर्मका संचालक मनोज कुमार चौधरी र वडाअध्यक्ष राम कृष्ण चौधरीको मिलोमतोमा मलखाद्यमा अनियमितता गरेको स्थानीयले आरोप लगाएका हुन् ।। मलखाद्यका डिलर श्री मिशन कृषि फर्मका… Continue reading किर्ते किसान कार्ड…

कार्यसम्पादन मुल्यांकनमा उच्च अदालतल जनकपुर राजविराज इजलास सर्वोत्कृष्ट

न्यूज टुडे राजविराज,०२भदौ । कार्यसम्पादन मुल्यांकनमा उच्च अदालत जनकपुर राजविराज इजलास सर्वोत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादनमा उच्च अदालत जनकपुर राजविराज इजलास सर्वोत्कृष्ट भएको हो । उत्कृष्ट स्थान प्राप्त गरेकोमा सर्वोच्च अदालतले उच्च अदालत जनकपुर राजविराज इजलासलाई सम्मान गरेको छ । न्यायपालिकाको पाँचौं पञ्चवर्षिय रणनीतिक योजनाले निर्दिष्ट गरिएका कार्य सम्पादन सूचकको आधारमा…

सप्तरी प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान तीब्र : फेरी पक्राउ परे चार जना प्रतिवादी

न्यूज टुडे राजविराज,०१ भदौ । सप्तरीमा विभिन्न मुद्दाका ४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई तीब्रता दिएकोसंगै लागूऔषध तथा कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै फरार प्रतिवादी पक्राउ गरि कारबाही अगाडि बढाएको जानकारी गराएका छन् । प्रहरीका… Continue reading सप्तरी…