RSS Amplifier

News source

News of Nepal

Nepal Samacharpatra, Kamana, Sadhana, Mahanagar

newsofnepal.comSource feed ↗109 articles

Live Last read · last published · next check

Written by

Latest articles

संकलित शवलाई नवलपरासी पूर्वका दुई सामुदायिक वनमा व्यवस्थापन गरिने

नवलपरासी। भाेटेकाेशी तथा त्रिशुलीकाे बाढीमा परि ज्यान गुमाएका मानिसहरूकाे नारायणी नदीबाट संकलित पहिचान नखुलेका शवहरूलाई सामुदायिक वनमा व्यवस्थापन गरिने भएकाे छ । विपद व्यवस्थापन तथा जिल्ला सुरक्षा समितिकाे निर्णय अनुसार पहिचान नखुलेका,शरीरका अङ्गहरू टुक्रिएकाे अवस्थामा फेला परेका शवहरूकाे डिएनए नमूना संकलन तथा पाेष्टमार्टम गरी कानुनी प्रकृया पूरा गरेर शवकाे व्यवस्थापन गर्न लागिएकाे जिल्ला प्रहरी…

चितवनमा थप २६ शव फेला

चितवन । गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएकाहरूको खोजीकार्य चितवनमा शनिबार पनि जारी रह्यो। बाढीले बगाएर ल्याएका थप २६ शव शनिबार साँझसम्म चितवनका विभिन्न क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।थप २६ शव फेला परेसँगै चितवनमा संकलित शवको संख्या २५९ पुगेको छ। तीमध्ये हालसम्म ६ वटा शवको […]

पुरिएको त्रिशूली–३ ‘ए’ सुरुङमा ड्रिलिङ सफल, क्यामेरा र अक्सिजन पठाउने तयारी

काठमाडौं । बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमार्गमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ। बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको थियो। सो क्रममा केहीबेर अघि सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान घटनास्थलबाट जानकारी प्राप्त भएको छ।…

डिएनए सुरक्षित राखेर पहिचान नखुलेका शव जमिनमुनि व्यवस्थापन गरिंदै

काठमाडौँ । बाढी प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका तर पहिचान हुन नसकेका शवलाई सरकारले जमिनमुनि व्यवस्थापन गर्न थालेको छ। ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ अनुसार पहिचान नखुलेका शवलाई वैज्ञानिक प्रक्रियाबाट व्यवस्थापन गर्न लागिएको हो। शव व्यवस्थापन गर्नुअघि डिएनए नमुनालगायत भविष्यमा पहिचान गर्न आवश्यक पर्ने प्रमाण तथा विवरण सुरक्षित राखिने सरकारले जनाएको […]

सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा। भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमा पुरिएकी सात वर्षीया बालिकाको आज दिउँसोे जीवितै उद्धार भएको छ । सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा रहेकी बालिका शिरगङ्गा इचाई मगरको उद्धार गरेको हो । गम्भीर घाइते अवस्थामा भेटिएकी बालिकालाई हेलिकप्टरमार्फत रसुवा जिल्ला अस्पताल धुन्चे लगिएको उद्धारमा […]

नागोयाको क्षितिजमा नेपाली उसु

दशरथ रंशालाको एक कुनामा रहेको मिनी कभर्डहलभित्र जब मुसलधारे पानी पर्छ, तब आकाशमात्र वर्षंदैन, नेपाली उसु खेलाडीहरूका सपनाहरू पनि छताछुल्ल भएर चुहिन्छन् । चुहिने छानो, पानी जमेर जलमग्न बनेको म्याट, अनि चिसोले कठ्याङ्ग्रिने पर्खालहरू, यो कुनै सामान्य अभावको वास्तविकतामात्र होइन, एसियाली खेलकुदजस्तो महादेशीय सर्वोच्च खेल मञ्चमा देशको झण्डा फहराउने दृढ संकल्प बोकेका नेपाली उसु खेलाडीको […]

रविन्द्र ढाँटको ऐतिहासिक ‘रोड टू यूएफसी’ यात्रा

चिसो तथ्याङ्क र भविष्यवाणीहरूले जहिले पनि मानिसको सीमा नाप्न खोज्छन्, तर जिद्दी र अथक संकल्प बोकेका योद्धाहरूले ती सबै गणितीय समीकरणहरूलाई लत्याएर आफ्नै रगत र पसिनाले नयाँ इतिहास लेख्छन् । नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) का गौरवशाली नक्षत्र, ‘बझाङको बाघ’ उपनामले चिनिने रविन्द्र ढाँट यतिबेला आफ्नो खेल जीवनको सबैभन्दा ठूलो र निर्णायक मोडमा उभिएका छन् […]

रसुवा बाढी : चिनियाँ सुरुङ विज्ञ टोली अपर त्रिशूली–१ को सम्पर्कमा

काठमाडौं । रसुवा बाढीबाट प्रभावित विद्युत् आयोजनामा उद्धारका लागि आएको ६ सदस्यीय चिनियाँ सुरुङ विज्ञ टोली २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सम्पर्कमा रहेको पाइएको छ। यसअघि प्रधानमन्त्री कार्यालयले उक्त टोलीलाई माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाको सुरुङमा फसेका मानिसको उद्धारका लागि परिचालन गरिएको जानकारी दिएको थियो। तर, उक्त आयोजनाको सुरुङमा मानिस नफसेको र चिनियाँ टोली आयोजनास्थलमा […]

उदयपुरको त्रियुगाका नागरिकलाई न्यूरो कार्डियो हस्पिटलमा स्वास्थ्य सेवामा छुट

उदयपुर । त्रियुगा नगरपालिकाका नागरिकले विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि.बाट विभिन्न स्वास्थ्य सेवा लिँदा विशेष छुट पाउने भएका छन्। यसका लागि न्यूरो कार्डियो हस्पिटल र त्रियुगा नगरपालिकाबीच स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउने सम्बन्धमा दुई वर्षका लागि सम्झौता भएको छ । सम्झौताअनुसार त्रियुगा नगरपालिकाका सबै बासिन्दालाई हस्पिटलमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा…

त्रिशूली–३ ‘बी’ सुरुङमा फसेकाको उद्धारमा चिनियाँ टोली परिचालन

काठमाडौं । बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ।प्रधानमन्त्री कार्यालयका अनुसार अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारको अनुमतिमा चिनियाँ टोली खटाइएको हो। टोली चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा पुगेको छ।चिनियाँ विज्ञ टोलीले नेपाली…

भीषण बाढीमा इन्फोसिस पब्लिक सर्भिसेसका सीईओ लक्ष गोपिसेट्टी सम्पर्कविहीन

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी र पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याइरहेका बेला बहुराष्ट्रिय प्रविधि कम्पनी इन्फोसिस पब्लिक सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष गोपिसेट्टी नेपालबाट सम्पर्कविहीन भएका छन्। इन्फोसिसले शुक्रबार जारी गरेको आधिकारिक वक्तव्यमा गोपिसेट्टी व्यक्तिगत भ्रमणका क्रममा नेपाल आएको र भीषण बाढीपछि उनीसँग सम्पर्क हुन नसकेको जनाएको छ। कम्पनीले उनको सुरक्षा…

मुलपानीमा ‘किनमेल मार्ट’ सञ्चालनमा

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६, मुलपानी पिपलबोट चोकमा दैनिक उपभोग्य सामग्रीसहितको ‘किनमेल मार्ट’ सञ्चालनमा आएको छ। एकै छानामुनि सुपथ मूल्यमा दैनिक उपभोग्य तथा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले करिब ३ करोड रुपैयाँको लगानीमा मार्ट सञ्चालनमा ल्याइएको हो। मार्टका सञ्चालक फणिन्द्रराज न्यौपानेले स्थानीयवासीलाई गुणस्तरीय सामान खरिदका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न मार्ट…

बाढीले बगाई ल्याएका दुई सय बीस  शव नवलपरासी पूर्व र पश्चिमा भेटिए

नवलपरासी । भाेटेकाेशी तथा त्रिशुली नदीकाे बाढीमा परेका मानिसहरूकाे २ सय २० शव नारायणी नदीकाे तटीय क्षेत्र नवलपरासी पूर्व र पश्चिममा फेला परेकाछन् । पूर्वी नवलपरासीकाे गैडाकाेट,देवचुली,कावासाेती,मध्यविन्दु र विनयी त्रिवेणी नगर तथा गाउँ पालिकाकाे नदी किनारमा ३५ महिला ५७ पुरूष १० बालक ११ बालिका तथा ५२ मानव अंङ्ग फेला परेकाे हाे । फेला परेका ४९ […]

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो

काठमाडौं । रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या ६२६ पुगेको छ। नेपाल प्रहरीले शनिबार दिउँसो २ः५० बजे सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा ६२६ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार चितवनमा सबैभन्दा बढी २३३, नवलपरासी पूर्वमा १५८, गोरखामा ५४, धादिङमा ४९, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको […]

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र, १३ अस्पतालमा घाइतेको उपचार

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य तीव्र पारिएको छ। बाढी प्रभावित तथा घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार घाइतेहरूको उपचार नेपाल मेडिकल कलेज, वीरेन्द्र सैनिक अस्पताल, टिचिङ अस्पताल, मनमोहन अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर,…

बाढीपीडितको पुनर्वासका लागि BLC र बसन्त चौधरी फाउण्डेसनको रु. ३ करोड सहयोग

काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको पुनर्वासका लागि BLC अन्तर्गतका कम्पनीहरू तथा बसन्त चौधरी फाउण्डेसनले संयुक्त रूपमा रु. ३ करोड आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। बाढीबाट हजारौँ परिवार घर, सम्पत्ति तथा जीविकोपार्जनबाट वञ्चित भएको भन्दै सुरक्षित आवास र पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरिएको हो। सम्बन्धित निकायसँग समन्वय गरी उक्त […]

रसुवा बाढीमा चीनको ठूलो सहयोग : नेपाललाई २० लाख डलर नगद, सैन्य विमानबाट राहत र सुरुङ उद्धार टोली आउने

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई चीनले २० लाख अमेरिकी डलर नगद सहायता उपलब्ध गराउने भएको छ। चीनले पहिलो चरणमा दुईवटा सैन्य कार्गो विमानमार्फत अत्यावश्यक राहत सामग्री नेपाल पठाउने तयारी गरेको छ। बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्रीसहितका विमान नेपाल पठाउने तयारी भइरहेको हो। त्यसैगरी, चीनले सुरुङ उद्धार तथा प्राविधिक […]

दुःख होइन, दुुर्गालाल दाइको जीवन उत्सवका रूपमा मनाउनुुपर्छ

स्वर्गीय दुर्गालाल दाइका विषयमा कसरी लेखौँ, के लेखौँ भन्ने भइरहेको छ । उहाँलाई सम्झँदा मनमा धेरै भावना एकैसाथ आउँछन् । दुःख पनि लाग्छ, तर त्यसभन्दा धेरै उहाँप्रति कृतज्ञताको भावना जागेर आउँछ । मलाई कहिलेकाहीँ लाग्छ, उहाँसँग मेरो पूर्वजन्मदेखि नै पक्कै पनि कुनै गहिरो कार्मिक सम्बन्ध हुनुपर्छ । यस जन्ममा मैले दुर्गालाल दाइलाई भेट्न पाउनु मेरो […]

कविताजस्तो कवि

कविताजस्तै जीवन जिउने व्यक्ति हुन् दुर्गालाल श्रेष्ठ । उनलाई भेट्दा जाहिले पनि एउटा कवितासँग नै साक्षात्कार भएको अनुभव हुन्थ्यो। मैले उनलाई पहिलो पटक कहाँ–कसरी भेटेँ सम्झना छैन, तर जहिले भेटे पनि मलाई आत्मीय र सुखद् अनुभूति हुने गथ्र्यो । सधैँ शलभजी भनेर हात समाएर एउटा नयाँ ऊर्जा सञ्चार गर्नुहुन्थ्यो, मभित्र उहाँले । मैले बढी सम्झिने […]

बाढीपछि विद्युत् सेवा पुनःस्थापना तीव्र, ३५० जनाको उद्धार, सयभन्दा बढी अझै टनेलमा

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका मानवीय तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सुरक्षा निकायसँगको समन्वय र सहयोगमा सुरक्षा मापदण्ड पालना गर्दै उद्धार, राहत तथा विद्युत् सेवा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउँदै आएका छन् । ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका […]

खोटाङमा भक्तजन बोकेको ट्याक्टर दुर्घटना : ३४ घाइते ,२० जनालाई काठमाडौं रेफर

खोटाङ । धार्मिक मेला भरेर घर फर्कँदै गरेका भक्तजन सवार ट्याक्टर खोटाङमा दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर फर्कँदै गरेका भक्तजन सवार ना५त ४५५५ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो करिब २ बजे दिक्तेल रुपाकोट मझुवागढी […]

बाढी प्रभावितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत–पुनर्स्थापना कार्यक्रम घोषणा

काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवा र नुवाकोटका बाढी प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँ लागतको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन् । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई तत्काल राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना र दीर्घकालीन जनस्वास्थ्य सेवासम्म सहयोग गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो । […]

रसुवा बाढीपीडितको सहयोगमा लाम्पाटीमा रक्तदान, ४० जनाले दिए रगत

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि बाढीपीडितको सहयोगका लागि काठमाडौंको कलंकी–लाम्पाटीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। लाम्पाटी टोल विकास समितिको आयोजनामा शुक्रबार भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन्। विपद्को समयमा मानवीय सहयोग आवश्यक पर्ने भन्दै स्थानीयवासी तथा समाजसेवीहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो।…

भोटेकोशी बाढीमा उदयपुरका ११ जना बेपत्ता, एक जना फेला परे

उदयपुर । बुधबार बिहान भोटेकोशीमा आएको बाढीका कारण रोजगारी तथा अन्य कामले रसुवा नुवाकोटमा रहेका उदयपुरका ११ जना बेपता भै आफन्तले खोजीकालागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा निवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयले पहिले ६ जनाको खोजीकालागि आफन्तले निवेदन दिएको जनाए पनि पछि थप ५ जनाको खोजबिनकालागि निवेदन आएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट […]

भोटेकोशी बाढी : मृतकको संख्या ५४७ पुग्यो, २३८१ जना सम्पर्कविहीन

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५४७ पुगेको छ । विभिन्न जिल्लाबाट अहिलेसम्म एक जना प्रहरीसहित ५४७ जनाको शव फेला परेको नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४०, तनहुँमा २९, नुवाकोटमा ३८, गोरखामा ४४, चितवनमा २२१, नवलपरासीपूर्वमा १३४ र […]

मलेखु–फुर्केखोला पुल बगेपछि धादिङबेसी जोड्न वैकल्पिक सडक सञ्चालनको तयारी

धादिङ । भोटेकोसी नदीमा आएको बाढीका कारण धादिङको सदरमुकाम धादिङबेसी जोड्ने मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी–सुनौलाबजार–फोस्रेटार–गल्छी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। बाढीले सदरमुकाम आउने मुख्य मार्गमा पर्ने मलेखु–फुर्केखोला पुल बगाएपछि धादिङबेसीलगायत मध्य तथा उत्तरी धादिङको यातायात सेवा प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति,…

बाढीले बगाएका १५४ शव नवलपरासी पूर्वमा भेटिए, १ जनाको पहिचान

नवलपरासी। भाेटेकाेशी तथा त्रिशूली नदी हुँदै बाढीले बगाएर ल्याएका १ सय ५४ शव नारायणीको तटीय क्षेत्र नवलपरासी पूर्वमा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार नारायणी नदीमा भेटिएका शवहरूमा ३४ महिला ५२ पुरुष ८ बालक ११ बालिकाको रहेका छन् । जसमा १ महिलाको पहिचान पनि खुली सकेको प्रहरीले जनाएको छ । त्यसै गरी […]

इतिहास रच्दै रबिन्द्र धान्त ‘रोड टू यूएफसी’ को फाइनलमा

काठमाडौं । नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रबिन्द्र धान्तले ‘रोड टू यूएफसी सिजन ५’ को ब्यान्टमवेट विधाको फाइनलमा प्रवेश गर्दै ऐतिहासिक सफलता हासिल गरेका छन् । चीनको सांघाईमा आयोजित सेमिफाइनल भिडन्तमा धान्तले न्युजिल्यान्डका अहिलेसम्म अपराजित फाइटर कासिब मर्डकलाई कडा र तनावपूर्ण प्रतिस्पर्धाबीच पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएका हुन । तीन राउन्डको रोमाञ्चक भिडन्तपछि […]

रसुवा बाढी : मध्यविन्दु नगरपालिकाका १२ मजदुरसहित १७ जना सम्पर्कविहीन

नवलपरासी। पूर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिका निवासी बाह्र मजदुर बुधबार रसुवागढीमा आएकाे बाढीसंगै सम्पर्कविहीन भएका छन् । स्थानीय मध्यविन्दु १ र ५ का स्थायी बासिन्दा रसुवा जिल्लाकाे रसुवागढी,टिमुरे स्थित तेन्जिङ सेर्पा हाइड्रो पावर विल्डिङ्ग कन्स्ट्रक्सनमा काम गर्दै आएकाे र बाढी गए देखिनै सम्पर्क नरहेको पारिवारिक स्रोतले जनाएको छ । यसरी सम्पर्क विहिन रहेका मजदुरहरूमा जीवन बिक,गंगाराम […]

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ । प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाको उनीहरूलाई उद्धार गरेको जनाएको छ । सेनाले अझै पनि सोही टनेलमा फसेका १०० जनाभन्दा बढीलाई सुरक्षित बाहिर […]

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित गरेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले सबै तहका सरकारी संयन्त्रलाई पूर्ण क्षमतामा परिचालन गरिएको उल्लेख गर्दै उद्धार तथा राहत…

रसुवा बाढीमा सिन्धुलीका ३८ जना सम्पर्कविहीन

सिन्धुली । रसुवामा आएको विनासकारी बाढी पछि सिन्धुलीका ३८ जना सम्पर्क विहीन भएका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार रसुवामा ट्रक चालक, जलविद्युत् आयोजना तथा हाइड्रोपावरमा कार्यरत श्रमिक, होटलमा काम गर्ने तथा अन्य रोजगारीमा रहेकाहरु सम्पर्क विहीन भएका हुन् । परिवार वा आफन्तले दिएको जानकारी अनुसार सम्पर्क विहीन ३८ जनाको […]

शवगृहकाे अभावमा नदीमा भेटिएका शव पाल्पा र पाेखरा  पटाइयो

नवलपरासी। भाेटेकाेशी नदीकाे बाढीमा परि बग्दै आउने क्रममा नारायणी नदीमा भेटिएका मानव शवहरूलाई सुरक्षित व्यवस्थापनका लागि पाल्पा र पाेखरा पठाइएकाे छ । जिल्लामा भेटिएका शव मध्य ८ ओेटा लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा र ४१ ओटा शवलाई सुरक्षित गर्न गण्डकी प्रदेश अस्पताल पाेखरा पठाइएकाे प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले बताए । नारायणी नदीमा भेटिएका शव […]

चितवनमा १३७ शव भेटिए

चितवन । चितवन क्षेत्रमा बाढीपहिरोमा परी बेपत्ता भएकामध्ये हालसम्म १३७ जनाको शव फेला परेको छ। रसुवा क्षेत्रमा आएको बाढीपहिरोपछि भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा बगाएर ल्याएका शव चितवनका विभिन्न स्थानमा भेटिएका हुन्। फेला परेका शवको व्यवस्थापन तथा पहिचानका लागि जिल्ला प्रशासन कार्यालय चितवनले विशेष व्यवस्था गरेको छ। नारायणी नदी किनार, भरतपुर आसपास तथा अन्य […]

बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वर्ल्डलिंक ग्राहकलाई राहत, इन्टरनेट सेवा नरोकिने

काठमाडौँ। बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छी क्षेत्रका आफ्ना ग्राहकलाई वर्ल्डलिंक कम्युनिकेसन्सले विशेष राहत सुविधा दिने भएको छ। बाढीका कारण प्रभावित ग्राहकलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले कम्पनीले ती क्षेत्रमा इन्टरनेट सेवा तत्काल विच्छेद नगर्ने जनाएको छ। नियमित रूपमा सेवा शुल्क तिर्न नसकेका वा सेवा अवधि सकिन लागेका ग्राहकको इन्टरनेटसमेत तत्काल बन्द नगरिने कम्पनीले […]

भोटेकोशी–त्रिशूली बाढी: अस्पतालका भित्तामा मृतकका तस्बिर, आफन्तको आँखामा आँशु

काठमाडौं। त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल (त्रिवि) को फरेन्सिक विभागअगाडि यतिबेला मृत्युको पीडा र आफन्त भेटिने आशाबीचको एउटा असह्य पिडादायी दृश्य देखिन्छ । भित्तामा टाँसिएका मृतकका तस्बिर नियाल्दै आफन्तहरू आफ्ना प्रियजनको पहिचान खोजिरहेका छन् । कोही तस्बिर हेर्दै भक्कानिन्छन्, कोही अस्पतालका कोठा–कोठामा आफन्त खोजिरहेका छन् भने कोही हराइरहेका परिवारका सदस्य भेटिन्छन् कि भन्ने आशामा प्रहरीलाई…

रबिन्द्र ढाँटको ऐतिहासिक ‘रोड टु युएफसी’ यात्रा

कविरस शर्मा चिसो तथ्याङ्क र भविष्यवाणीहरूले जहिले पनि मानिसको सीमा नाप्न खोज्छन्, तर जिद्दी र अथक संकल्प बोकेका योद्धाहरूले ती सबै गणितीय समीकरणहरूलाई लत्याएर आफ्‌नै रगत र पसिनाले नयाँ इतिहास लेख्छन् । नेपाली मिश्रित मार्शल आर्ट्स (एमएमए) का गौरवशाली नक्षत्र, ‘बझाङको बाघ’ उपनामले चिनिने रबिन्द्र ढाँट यतिबेला आफ्‌नो खेल जीवनको सबैभन्दा ठूलो र निर्णायक मोडमा […]

रसुवा बाढी: अस्थिर हिमनदी की भौगोलिक बनाओट !

काठमाडौँ। अहिले रसुवाको भोटेकोसीमा आएको बाढीको स्रोतको विषयमा विभिन्न अड्कलबाजीहरु भै रहेका छन् । चीनसंग जोडिएर फेक हल्ला समेत चलाईएको छ । जसको विषयमा नेपालको लागि चिनियाँ राजदुतावासले प्रष्टिकरण समेत दिइसकेको छ । बिहीबार बेलुकासम्मको विवरण अनुसार बाढीका कारण नेपाल तर्फको भूमिमा मृत्यु भएका २८९ जनाको शव भेटिएको छ । सयौँ सम्पर्क विहीन रहेको विवरणहरु […]

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितको राहतका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार तथा राहत वितरणका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत २ करोड रुपैयाँ तथा बैंकका सञ्चालक र कर्मचारीहरूबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ […]

भाेटेकाेशी बाढीको वेग भारत प्रवेश, तटीय क्षेत्रमा मानव शव देखिन थाले

नवलपरासी ‎भाेटेकाेशी नदीमा बुधवार आएकाे बाढी नारायणी नदीको तल्लाे तटीय क्षेत्र त्रिवेणी सुस्ता हुँदै भारत तर्फ प्रवेश गरेको छ । ‎उक्त बाढी नवलपरासी पूर्वकाे देवघाटमा दिउँसाे सवा ३ बजे नारायणी पुलमा साढे ३ नेपाल भारत सीमावर्ती क्षेत्र त्रिवेणी पुग्दा रातिको ९ बजेको बताइएको छ । ‎त्रिवेणी स्थित ३६ ढाेका रहेको गण्डक ब्यारेजमा साँझ ७ बजे […]

नुवाकोटमा आपत्कालीन स्वास्थ्य व्यवस्थापनका लागि धुलिखेल अस्पतालको टोली परिचालन

काठमाडौं। नुवाकोटमा उत्पन्न विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै धुलिखेल अस्पतालले आधारभूत आपत्कालीन स्वास्थ्य व्यवस्थापनका सामग्रीसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। धुलिखेल अस्पतालका डा. शैलेश, श्रीजेश पराजुली, रामप्रसाद ढकाल, श्रवण गौतम तथा चालक राम वाग्लेसहितको टोली आवश्यक स्वास्थ्य सामग्री लिएर नुवाकोटको विदुरतर्फ प्रस्थान गरेको अस्पतालले जनाएको छ। टोलीले विदुर नगरपालिकाका…

धादिङमा १६ शव भेटिए, ३ जनाकाे उद्धार

धादिङ। त्रिशूली नदीमा आएको बाढीपछि धादिङका विभिन्न स्थानमा गरी १६ जनाको शव फेला परेको छ। नदी किनारका विभिन्न क्षेत्रमा खोज तथा उद्धारका क्रममा ५ पुरुष र ११ महिलाको शव फेला परेको हो। यसै क्रममा मानिसको हात र बायाँ खुट्टाको टुक्रासमेत बरामद गरिएको छ। जिल्लाका विभिन्न स्थानबाट फेला परेका शवमध्ये अधिकांशको नाम, थर र वतन खुल्न […]

एनसीडीएद्वारा बाढी प्रभावित क्षेत्रमा औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति सहज बनाउन आग्रह

काठमाडौँ। नेपाल औषधी व्यवसायी संघ (एनसीडीए)ले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा आफ्नो साथ र सहयोग रहने जनाएको छ। संघका अध्यक्ष प्रकाशकुमार खण्डेलवाल र महासचिव श्रीधर खनालले जारी गरेको विज्ञप्तिमा बाढीबाट बेपत्ता नागरिकहरूको शीघ्र खोजी तथा उद्धार गर्न र घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था […]

केरुङ नाकामा सुरक्षित नेपाली नागरिकको नामावली सार्वजनिक, आफन्तसम्म सूचना पुर्‍याउन आग्रह

काठमाडौं । चीन सरकारले रसुवाको केरुङ नाकामा सुरक्षित रहेका नेपाली नागरिकहरूको नामावली सार्वजनिक गरेको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि धेरै नेपाली नागरिक सम्पर्कविहीन भइरहेका बेला चीनतर्फको केरुङ नाकामा सुरक्षित रहेका नेपालीहरूको विवरण सार्वजनिक गरिएको हो। बाढीका कारण आफ्ना आफन्त तथा परिवारका सदस्य सम्पर्कविहीन भएपछि चिन्तित परिवारलाई सुरक्षित नागरिकको नामावलीले केही राहत पुग्ने…

रसुवाको बाढीले चितवनमा वितण्डा : नारायणगढ क्षेत्रमा ३७ सहित ५३ शव फेला

चितवन । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको विनाशकारी बाढी त्रिशूली हुँदै चितवनसम्म आइपुग्दा जिल्लामा ठूलो मानवीय क्षतिको संकेत देखिएको छ। बाढीको बहाव तल्लो तटीय क्षेत्रमा पुगेसँगै नारायणी र त्रिशूली नदी आसपासका विभिन्न स्थानमा शव फेला पर्न थालेका छन्। बुधबार राति ८ः३० बजेसम्म चितवनमा मात्रै ५३ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी […]

बाढीले विद्युत् क्षेत्रमा ठूलो क्षति: १२ आयोजना बन्द, १९६ कर्मचारी–मजदूर सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ । बाढीबाट विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेपछि विद्युत् आपूर्तिमा हुन सक्ने असन्तुलनलाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज […]

भोटेकोशी बाढीले धादिङमा ठूलो क्षति:  ५ पक्की र ११ झोलुङ्गे पुल बगे, १५० घरमा क्षति

धादिङ । चीनतर्फको हिमताल फुटेर भोटेकोशी हुँदै आएको बाढीले धादिङमा ठूलो भौतिक क्षति पुर्‍याएको छ । बाढीका कारण जिल्लाका विभिन्न स्थानमा पाँचवटा पक्की पुल र ११ वटा झोलुङ्गे पुल बगाएको तथा करिब १५० घरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । बाढीले धादिङबेसी सदरमुकामलाई पृथ्वीराजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोला पक्की पुलसमेत बगाएपछि सदरमुकामसँगको मुख्य यातायात […]

विपद्को यो घडीमा राज्य आफ्ना सम्पूर्ण साधनस्रोतसहित नागरिकको साथमा छ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकहरूलाई अपिल गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार, खोजी र राहतमा खर्चिएको बताउनुभएको हो । “आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको […]

गोसाइँकुण्ड जाँदै गरेको बस सम्पर्कविहीन, धादिङका २६ यात्रुको खोजी जारी

काठमाडौं । धादिङबाट गोसाइँकुण्ड दर्शनका लागि हिँडेको यात्रुवाहक बस रसुवा क्षेत्रमा आएको बाढीपछि सम्पर्कविहीन भएको छ। बसमा रहेका यात्रु तथा चालकको अवस्था अझै स्पष्ट हुन सकेको छैन। सम्पर्कविहीन बसमा धादिङको नीलकण्ठ नगरपालिका तथा सिद्धलेक गाउँपालिकाका स्थानीय बासिन्दा रहेको जनाइएको छ। उनीहरूका परिवार तथा आफन्तले सबै यात्रु सकुशल रहेको खबरको प्रतीक्षा गरिरहेका छन्। प्राप्त विवरणअनुसार बसमा […]

नेपालमा एसआरएमका एक हजार एक सय ११ वटा ईभी बिक्री, १० हजार पुर्‍याउने लक्ष्य

काठमाडौं। भिजी मोटर्सले नेपालमा एसआरएम ब्रान्डका १ हजार १११ वटा विद्युतीय सवारीसाधन (ईभी) बिक्री गरेको छ। कम्पनीले आगामी दिनमा नेपालमा एसआरएमका १० हजार विद्युतीय सवारीसाधन बिक्री गर्ने लक्ष्य सार्वजनिक गरेको छ। भिजी मोटर्स एसआरएम ब्रान्डका सवारीसाधनको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक हो। कम्पनीले नेपाली बजारमा एसआरएमलाई व्यावसायिक विद्युतीय सवारीको प्रमुख ब्रान्डका रूपमा स्थापित गर्ने […]