RSS Amplifier

News source

Nepal Press

Facts First, Truth Foremost - Online News Portal from Nepal in Nepali & English Language

nepalpress.comSource feed ↗110 articles

Live Last read · last published · next check

Written by

Latest articles

उद्धार टोली त्रिशुली ३ ‘ए’ सुरुङको माथिल्लो भागसम्म पुग्यो

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले त्रिशुली ३ ‘ए’ को सुरुङमा फसेकाहरूको उद्धार गर्न खटिएको टोली माथिल्लो भागसम्म पुगेको जनाएका छन् । यस आयोजनामा तीन दिनअघिको बाढीपछि तीन दर्जनभन्दा बढी सम्पर्कविहीन छन्। केही समयअघि सामाजिक सन्जाल फेसबुकमार्फत सूचना जारी गर्दै गृहमन्त्री गुरुङले सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको जनाएका हु्न् । ‘हामीले उक्त सानो प्वालबाट हावा […]

मुनोजको गोलले लिभरपुल हारबाट जोगियो, नटिङहम फरेस्टसँग अङ्क बाँड्यो

एनफिल्डमा केहिबेर अघि भएको प्रिमियर लिगअन्तर्गतको खेलमा लिभरपुल र फरेस्टले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

आइएमई ग्रुपद्वारा भोटेकोशी बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ । आइएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्द्धित विभिन्न कम्पनीमार्फत उक्त सहयोग उपलब्ध गराइने जनाइएको छ । ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई […]

भोटेकोशी बाढीपछि राष्ट्रियताको बहस : विदेशी हस्तक्षेप विरुद्ध एक हुन आह्वान

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालमा बाह्य शक्तिको हस्तक्षेप बढिरहेको दाबी गर्दै राष्ट्रियताको रक्षाका लागि देशभक्त शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताए ।

बाढीपीडितको लागि कैलालीका मुस्लिम समुदायद्वारा ३ लाख सहयोग

धनगढी । रसुवामा हालै आएको विनाशकारी बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति सहानुभूति प्रकट गर्दै कैलालीका मुस्लिम समुदायले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३ लाख रुपैयाँ सहयोग गरेका छन् । कैलाली मुस्लिम समाज अत्तरिया, नुरी जामे मस्जिद पशुपतिटोल धनगढी र गौसिया जामे मस्जिद पुरानो भन्सार रोड धनगढीको पहलमा रकम संकलन गरिएको हो । […]

बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘२४ घण्टे’ ड्युटी, ५ हजार ९१७ जना मैदानमा

उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्पूर्ण प्रहरी कर्मचारीको बिदा रद्द गरी २४ सै घण्टा स्ट्यान्डबाइ राखिएको उनले बताए ।रसुवालगायत अति प्रभावित क्षेत्रमा थप विपद् उद्धार टोली र सञ्चार टोली परिचालन गरिएको छ ।

मृत्युको मुखबाट फर्किएका रावलको दाबी : सुरुङभित्र अझै साथीहरू फसेका छन्

उमेशका अनुसार बाढी आउनुअघि कुनै पूर्वसूचना थिएन । अचानक ठूलो आवाज सुनेपछि बाहिर निस्किँदा केही क्षणमै भोटेकोशीको विशाल भेल आयोजनातर्फ आइरहेको देखिएको थियो ।

विश्वासको खोजीमा

अर्थहीनताको अर्थ जीवन नरहने भन्ने हो कि होइन, भन्ने प्रश्नहरू यत्रतत्र देखिन थालेका छन् । जीवन रहँदा जीवनका अर्थ के भन्ने प्रश्न अहम् बन्न थालेको छ ।

गण्डक ब्यारेजमा भेटिए ५४ सग्ला शव र २५ वटाका विभिन्न अङ्गहरु मात्रै

रुपन्देही । रसुवालगायतका जिल्लामा आएको बाढीमा परी मृत्यु भएर बगेर नारायणी हुँदै गण्डक ब्यारेजमा ५४ वटा सग्ला शव भेटिएका छन् । उनीहरुबाहेक २५ वटाका विभिन्न अंगहरु मात्रै भेटिएका छन् । अहिलेसम्म भेटिएका शवमध्ये एकजनाको मात्र सनाखत भएको छ भने ५३ वटा शव व्यवस्थापनको चुनौती बढेको छ । गोरखा पालुङटार नगरपालिका ७ स्याम्ली भञ्ज्याङ बस्ने २८ […]

बाढीपहिरोबारे चीनको दाबीः नेपाललाई समयमै महत्वपूर्ण सूचना दिएका थियौँ

नेपालमा हालै आएको बाढीपहिरोको जोखिमबारे चीनले नेपाललाई पूर्वसूचना नदिएको भन्ने आरोपको चिनियाँ दूतावासले खण्डन गरेको छ।

महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न देउवा समूहले बोलायो बैठक

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न बैठक बोलाएको छ। सर्वोच्च अदालतले कांग्रेस सभापति गगन थापाले अघि बढाएको कार्यतालिका रोक्न अस्वीकार गरेपछि देउवा समूहले छुट्टै कार्यतालिका ल्याउन लागेको हो। देउवा समूहको बैठक बुधवार सम्पर्क कार्यालय चुनादेवीमा बस्नेछ। १५ औँ केन्द्रीय महाधिवेशन तयारी समिति सचिवालय समन्वय समितिका संयोजक…

पाल्पाबाट तिनाउ नदीमा बेपत्ता भारतीय युवकको शव बुटवलमा भेटियो

रुपन्देही । शनिबार बिहान पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका भारतीय युवाको शव बुटवलमा भेटिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले तिनाउ गाउँपालिका–३, ड्यामसाइड क्षेत्रमा पौडी खेल्ने क्रममा बगेका भारत उत्तर प्रदेशको सिद्धार्थनगरका २९ वर्षीय प्रभाष सोनीको शव बुटवल उपमहानगरपालिका–१५, उजेलापुर क्षेत्रमा भेटिएको बताएका छन् । सोनीसहित तीन जना […]

बाढीपछि मकवानपुरका सूर्य गोपाली सम्पर्कविहीन, खोजी गरिदिन परिवारको अपिल

मकवानपुर । रसुवा बाढीपछि मकवानपुर थाहा नगरपालिका १० वडाका सूर्य गोपाली सम्पर्कविहीन भएका छन्। उनी भदौ १० गतेदेखि गोपाली परिवारको सम्पर्कमा छैनन्। बेपत्ता भएका सूर्यका बुबा मंगललालका अनुसार १० गते बिहान ८ः१२ बजेसम्म परिवारसँग सम्पर्क भएको थियो। बाढीपछि त्यसयता अहिलेसम्म कुनै सम्पर्कमा आएका छैनन्। ट्रक चालक रहेका गोपाली ट्रकसहित बेपत्ता भएका हुन्। गोपालीको अवस्थाबारे खोजी […]

बाढी प्रभावितको लागि सुदूरपश्चिम समाज दक्षिण कोरियाद्वारा एक लाख बढी रुपैयाँ सहयोग

दक्षिण कोरिया । सुदूरपश्चिम समाज दक्षिण कोरियाले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार एक सय रुपैयाँ सहयोग गरेको छ। सुदूरपश्चिम समाज दक्षिण कोरियाका महासचिव सुरेन गिरीका अनुसार विपद्को यस दुःखद घडीमा बाढीपीडित नागरिकहरूको उद्धार तथा राहतका लागि समाजले उक्त रकम […]

देउवाले पक्षले महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने, नेता कार्यकर्तालाई भन्यो- गगनतिर नलाग्नू

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५ औँ महाधिवेशन छुट्टै गर्ने जनाएको छ। सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई महाधिवेशन गर्न रोक नलगाएपछि देउवा समूह आफ्नै ढङ्गले अघि बढ्ने निष्कर्षमा पुगेको हो। देउवा समूहका १५ औँ केन्द्रीय महाधिवेशन तयारी समिति संयोजक डा. शशाङ्क कोइरालाले विज्ञप्ति जारी गर्दै आधिकारिकताको मुद्दा अदालतमा विचारार्थ भएपनि मंसिरमा […]

गुप्तचर हाकिमको साडीदेखि गाडीसम्मको व्यापार, हैरानी भोग्दै साझेदार

प्रधानमन्त्रीकै मातहमतमा रहेको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द विभिन्न व्यापारिक कारोबारमा प्रत्यक्ष सहभागी हुँदा उनका साझेदारहरु मारमा परेका छन् ।

प्रभावित क्षेत्रमा पुगेर अर्थमन्त्रीले भने- पुनर्निर्माणका लागि स्रोतको कमी नहुनेगरी काम गर्दैछाैँ

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीबाट प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गरेका छन्। आज रसुवा बाढी प्रभावित क्षेत्रका नागरिक तथा सम्बन्धित निकायसँग भेटघाट गरेका हुन्। निरीक्षणको क्रममा प्रभावित नागरिकसँग सरकारले इमानदारीपूर्वक काम गरिरहेको बताए। उनले भने, ‘यो चुनौती यति ठूलो छ कि यसलाई सामना गर्न हम्मेहम्मे परिरहेको अवस्था यथार्थ नै हो। यद्यपि समग्र पुनर्निर्माण प्रक्रियासम्मै […]

त्रिशूली–३ आयोजनाको सुरुङबाट ४३ विदेशी सहित २०८ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा आज दिउँसोसम्म ४३ विदेशी सहित २०८ नागरिक त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएको छ । सुरुङमा रहेका ३८ चिनियाँ र पाँच भारतीयसहित २०८ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । उद्धारका लागि रहेको संयुक्त टोलीले ‘ड्रिलिङ मेसिन’ लगायत सामग्रीको प्रयोग गरी सुरुङको […]

शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा

खोटाङ । केपिलासगढी गाउँपालिका(७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा ऋषितर्पणी पूर्णिमाको अवसरमा लाग्ने मेला भर्न गएका बेला बिहीबार राति भएको विवादपछि कुटपिट हुँदा शिक्षक राईको मृत्यु भएको प्रहरीले जनाएको छ । शिक्षक राईको ज्यान जानेगरी कुटपिटमा […]

पहिचान नखुलेका २२८ शव देवघाटको जङ्गलमा व्यवस्थापन गरिँदै (भिडिओ)

शवलाई गाडेपछि पनि पहिचानको प्रक्रिया रोकिँदैन । प्रत्येक शवबाट डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरी सुरक्षित राखिनेछ ।

भोटेकोशीमा फेरि बाढी बढ्याे, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । भदौ १२ गते राति जिल्ला प्रहरी कार्यालय रसुवामा चीनतर्फबाट प्राप्त सूचनाअनुसार भोटेकोशी नदीमा पुनः बाढी बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ।’ प्रहरीले राति ८:५४ बजे यो […]

६ वर्षकी बालिका माटाेमुनि राेएकाे आवाज आएपछि सशस्त्रले गर्‍याे उद्धार, अवस्था अचेत

काठमाडाैँ । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बलको उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई सकुशल उद्धार गरेको छ । शुक्रबार साँझ करिब ६ : १५ बजे टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो । त्यसक्रममा माटोमुनि पुरिएको […]

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा गृहमन्त्री नै खटिए, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि गृहमन्त्री सुधन गुरुङ आफैं फिल्डमा खटिएका छन् । बाढीका कारण आयोजनाको सुरुङ प्रवेशद्वारमा माटो तथा ढुंगामाटो थुप्रिएपछि सुरुङभित्र रहेका कर्मचारी तथा अन्य व्यक्तिहरू बाहिर निस्कन नसकेको खबरपछि उद्धार कार्य तीव्र पारिएको हो । सुरुङमा हाइड्रो इन्जिनियरसहित […]

चाैधरीकाे शव घर पुर्‍याइयाे, गलत हल्ला फैलाइएकाे स्थानीय तहकाे दावी शव लैजान चितवन रेडक्रस र एम्बुलेन्स चालक संघकाे सहयाेग

रुपन्देही । रसुवाको बाढी पहिरोमा परेर मृत्यु भएका बाँकेको कोहलपुरका मृतकका परिवारले सनाखत भएर पनि रकम अभावमा घरमा लैजान नपाएपछि चितवन रेडक्रस र एम्बुलेन्स चालक संघले सहयोग गरेर घरमा पठाएका छन् । आज सनाखत भएको बाँकेको कोहलपुर–११ का २३ वर्षीय कबिरलाल चौधरीको शव खर्च नहुँदा परिवारले घर लैजान नपाएको विषय सार्वजनिक भएपछि चितवन रेडक्रस र […]

‘त्रिशुली ए’ मा असिस्टेन्ट म्यानेजरसहित ३५ जना थुनिएकाे भन्दै उद्दारकाे याचना

काठमाडौँ । अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा विगत तीन दिनदेखि थुनिएको दाबी गर्दै असिस्टेन्ट म्यानेजर इन्जिनियर विनोद पाण्डेको परिवारले तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । पाण्डेका जेठान वीरेन्द्रराज विष्टले नेपाल प्रेससँग कुरा गर्दै पाण्डे तीन दिनदेखि परिवारको सम्पर्कमा नआएको र उनको मोबाइलको अन्तिम लोकेसन अपर त्रिशूली–३ ‘ए’ को सुरुङ क्षेत्रमा देखिएको बताए […]

भोटेकोशी बाढी : एडिबीको ७६ करोडको ‘रेस्क्यु फन्ड’

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलर (करिब ७६ करोड रुपैयाँ) अनुदान स्वीकृत गरेको छ। एडिबीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार उक्त अनुदानबाट खोज तथा उद्धारका सामग्री, औषधि, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय तथा सरसफाइ सामग्री उपलब्ध गराउन सहयोग गरिनेछ । […]

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको तर्फबाट विपद् प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराइने जानकारी दिए । यसैगरी, लुम्बिनी…

एनसेलले थप्यो सेवा : निःशुल्क डेटा, अननेट भ्वाइस र १०० एसएमएस उपलब्ध हुने

काठमाडौँ । एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज तथा उद्धार र राहत वितरणलाई सहज बनाउन उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन बढाएको छ । कम्पनीका अनुसार थपिएको सेवा शनिबारदेखि लागू हुनेछ । यससँगै प्रभावित क्षेत्रमा थप एक सातासम्म एनसेलका ग्राहकले उक्त सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन् । यसअघि बुधबार […]

‘बझाङको बाघ’ अब यूएफसीको ढोकामा

देशलाई प्राकृतिक विपतले थिचेर ब्याकुल बनाइरहेको बेला बझाङका एक तन्नेरी खेलाडीले सबै नेपालीहरु खुसी हुने एउटा बहाना दिएका छन् ।

राहत कोषमा २७ संस्था तथा व्यक्तिको सहयोग, एकैदिन ३८ करोड ५५ लाख जम्मा

काठमाडौँ । रसुवा बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एकै दिन ३८ करोड ५५ लाख बराबर सहयोग प्राप्त भएको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न २७ संस्था एवं व्यक्तिले उक्त रकम सहयोग गरेका हुन् । जसअनुसार कोषमा सूर्य नेपाल प्रालिले १५ करोड, प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले […]

बाढीको वितण्डा : राति नाै वजेसम्म ३८९ शव फेला, ४६६ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्य जारी छ । नेपाल प्रहरीले राति ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको जनाएको छ । प्रहरीका अनुसार बाढीपछि विभिन्न जिल्लामा हालसम्म ३८९ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा १७, […]

अपर त्रिशुलीकाे टनेलमा फसेका ३५० जनाकाे नेपाली सेनाद्वारा उद्धार

नेपाली सेनाका अनुसार आज भदौ ११ गते रसुवाका विभिन्न प्रभावित क्षेत्रबाट कुल ८८३ जना स्थानीय तथा मजदुरको उद्धार गरिएको छ । बाढीबाट प्रभावित क्षेत्रमा सेनाले जोखिमको पर्वाह नगरी खोज तथा उद्धारलाई निरन्तरता दिइरहेको जनाएको छ।

बुटवल उपमहानगरद्वारा ५१ लाख राहत कोषलाई दिने निर्णय, १३ दिनसम्म तीजसहित मनोरञ्जनका कुनै कार्यक्रम नगरिने

रूपन्देही । बुटवल उपमहानगरपालिकाले विपद् प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । रसुवा गढी नाकामा आएको बाढीबाट ठुलो जनधनको क्षति भएपछि उपमहानगरपालिकाले स्थानीय विपद् व्यवस्थापन समितिको बैठकको सिफारिसका आधारमा तत्काल आकस्मिक रूपमा कार्यपालिकाको बैठक बसी उक्त रकम प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको हो । उपमहानगरपालिकाका अनुसार […]

प्रभावितलाई निसर्ग हस्पिटलबाट ११ लाख ११ हजार सहयोग, तीज कार्यक्रम स्थगित

धनगढी । भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि कैलालीको निसर्ग हस्पिटलले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। निसर्ग हस्पिटलका कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा संस्थाको तर्फबाट संकलित ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ अन्तर्गत ग्लोबल आइएमई बैंकमा रहेको आधिकारिक बैंक खातामा […]

बीमा कसुरको आरोपमा हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

काठमाडौँ । प्रहरीले हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेललाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३९ वर्षीया पौडेललाई बबरमहलबाट पक्राउ गरेको सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । एआईजी चतुर्वेदीका अनुसार पौडेलले बीमा ऐन, २०७९ अनुसारको कसुर गरेको आरोपमा पक्राउ गरिएको हो । पौडेल काठमाडौँको दक्षिणकाली नगरपालिका–३ मा बस्दै आएकी…

एमाले सुदूरपश्चिम बैठक : पार्टी जागरण अभियानदेखि प्रदेश सरकारका कामकारबाहीसम्म समीक्षा

धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको १२औँ बैठकले बाढीपहिरो प्रभावितका लागि एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले पार्टी जागरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा प्रदेश सरकारका कामकारबाहीको समीक्षा गर्दै विभिन्न निर्णयसमेत गरेको छ । एमाले प्रदेश उपसचिव तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले विज्ञप्ति जारी गर्दै […]

उद्धार र राहत पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा हुनेछन्- प्रधानमन्त्री

आज नुवाकोट पुगी बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरी काठमाडौँ फर्किएपछि उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

प्रवासमा ‘आचार्य’ को माग उच्च, सञ्चिताले अमेरिकादेखि इजरायलसम्म बेचिन् ‘राइट्स’

काठमाडौँ । निखिल उप्रेति निर्देशित एक्सन प्रधान चलचित्र ‘आचार्य’ को चर्चा चुलिएसँगै विदेशमा पनि उच्च ‘डिमान्ड’ देखिएको छ । चलचित्रकी ‘निर्मात्री’ सञ्चिता लुईंटेलले विभिन्न देशमा प्रदर्शनका लागि धमाधम सम्झौता गरिरहेकी छन् । हालै आकर्षक ‘टिजर’ सार्वजनिक भएसँगै ‘आचार्य’ प्रति स्वदेशी तथा विदेशी प्रदर्शकहरुको चासो ह्वात्तै बढेको हो । अहिलेको माहोल हेर्दा चलचित्रले उच्च ब्यापार गर्न […]

अनेरास्ववियुद्वारा नुवाकोटका बाढीपीडितलाई ७ लाख बराबरको राहत सामग्री

विदुर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नुवाकोटका बाढीपीडितलाई ७ लाख रुपैयाँ बराबरको खाद्य तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। अनेरास्ववियुका अध्यक्ष दिपक धामीको नेतृत्वमा गएको ४० सदस्यीय टोलीले नुवाकोटको आयुर्वेदिक अस्पताल तल्लो पिपलटारस्थित होल्डिङ सेन्टरमा रहेका २०० जना घरबारविहीन बाढीपीडितलाई ३ लाख रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको हो । त्यस्तै, श्री विदुर…

बाढीग्रस्त नुवाकोट र रसुवामा वैकल्पिक विद्युत सेवा पुर्‍याउन ५०० थान सोलार पावर बैंक हस्तान्तरण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी तथा विपद्बाट प्रभावित नुवाकोट र रसुवा जिल्लामा वैकल्पिक विद्युत सेवा प्रवाह गर्न ५०० थान सोलार पावर बैंक हस्तान्तरण गरेको छ। मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत प्रभावित क्षेत्रमा तत्कालीन विद्युत आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सोलार पावर बैंक उपलब्ध गराएको हो। विद्युत आपूर्ति अवरुद्ध भएका क्षेत्रमा प्रयोग गर्न सकिने […]

नारायणीमा आएको पहिलो चरणको बाढीले गण्डक र सुस्तामा छैन क्षति

रुपन्देही । हिमनदी फुटेर आएको बाढीले नारायणी नदीमा पानीको बहाब बढाएपनि अहिलेसम्म यो नदीले तीनतिरबाट घेरेको पश्चिमनवलपरासीको सुस्ता क्षेत्रमा पहिले हल्ला गरिएजस्तो ठूलो क्षति बनाएको छैन । पूर्व सूचना भएकाले यहाँका स्थानीयलाई पहिले नै सुरक्षित स्थानमा सारिएको थियो भने चितवनदेखि यताको क्षेत्रमा नदीको क्षेत्र फराकिलो भएकाले पनि छेउतिर धेरै कटान र डुबान गर्न सकेको छैन […]

सेनाले रातभर उद्दार र खाेज जारी राख्ने

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा खोजी कार्य नेपाली सेनाले आज रातभर पनि जारी राख्ने भएको छ । बाढीबाट प्रभावितको संख्या ठूलो रहेको र उद्धारका लागि चौतर्फी अपिल भइरहेका बेला सेनाले जमिन तथा हवाई माध्यमबाट उद्धार र खोजीलाई निरन्तरता दिने जनाएको हो । सेनाका अनुसार आज रातभर ११ वटा एक्स टिम […]

सरकारकाे निर्देशनविपरीत गृहमन्त्रीकै संस्था ‘हामी नेपाल’ ले पैसा उठाउन थाल्याे

सरकारले रसुवाका बाढीपीडितका नाममा जथाभावी आर्थिक सहयोग सङ्कलन नगर्न आग्रह गरिरहेका बेला गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित संस्था ‘हामी नेपाल’ ले भने सार्वजनिक रूपमा आर्थिक सहयोग आह्वान गरेको छ ।

रसुवाकाे बाढीले बगाएर ल्याएका ४८ शव चितवनमा भेटिए

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट बगेर चितवनसम्म आइपुगेका ४८ जना मानिसको शव चितवनको सुरक्षा निकायले भेटेको जनाएको छ । चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार आज चितवनको सिमानाभित्र पर्ने त्रिशूली नदी र नारायणी नदीमा खटिएका सुरक्षाकर्मीले ४८ जनाको शव बाहिर निकालेको हो । एसपी पौडेलका अनुसार आज बाढी त्रिशूली नदी हुँदै नारायणीमा […]

फैसलाको त्रुटि संशोधन गर्न देउवाको माग सर्वोच्चद्वारा अस्वीकार

अदालतले रिट निवेदन र प्रत्यर्थीका लिखित जवाफमा उल्लेख भएका विवरणकै आधारमा आदेश तयार भएको स्पष्ट पारेको छ । वैशाख ४ को फैसलाको पूर्ण पाठमा उल्लेखित 'गगनकुमार थापा' नाम हटाइ 'विशेष महाधिवेशन' को नेतृत्व शब्द राख्न देउवाले निवेदन दिएका थिए ।

रास्वपामै छन् ‘हिमप्रकोप’ का पीएचडी सांसद, सरकारले उनको सुझाव सुन्छ ?

पर्वतीय भू–आकृति विज्ञान तथा हिमनदी विज्ञानका विज्ञ डा. धनञ्जय रेग्मी भन्छन्– ‘भोटेकोशीको विपत्ति साइरन हो-नेपालको टाउकोमाथि ४७ वटा ‘हिम एटम बम’ छन्, विज्ञसहितको बेग्लै संयन्त्रमार्फत भविष्यको पूर्व तयारी गर्न ढिला नगरौँ

रसुवा बाढीमा १९६ बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय

काठमाडौँ । रसुवा बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन बनेका छन् । नेपाल विद्युत् प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार बाढीमा परी १९६ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन् । यसमा विदेशी कामदार पनि छन् । प्राधिकरणकाअनुसार त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधीन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत २१ […]

रसुवा बाढी : रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ। रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बैठक बिहीबार बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने प्रवक्ता जगदीश खरेलले जानकारी दिए । उनका अनुसार बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक […]

बाढीको मौका छोपेर हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणको हवाई यातायात विभागले नेपाल वायुसेवा निगमसहित बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरलाई पत्र पठाउँदै विपत्तिको समयमा यात्रुको आवागमन सहज बनाउन हाल कायम हवाई भाडा नबढाउन […]

रसुवा बाढी : संघीय सरकारको कार्यमा प्रदेश सरकारको ऐक्यबद्धता

धनगढी । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति सुदूरपश्चिम प्रदेश सरकारले दुःख व्यक्त गर्दै विपद्को सामना गर्न संघीय सरकारले अघि बढाइरहेको उद्धार, राहत तथा पुनःस्थापनाको कार्यमा ऐक्यबद्धता जनाएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले एक विज्ञप्ति जारी गर्दै संघीय सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सुदूरपश्चिम…