RSS Amplifier

News source

Nepal Post Daily

Nepal's leading daily news source

nepalpostdaily.comSource feed ↗79 articles

Live Last read · last published · next check

Latest articles

त्रिशूली–३ ‘ए’ को सुरुङमा फसेकाको उद्धार तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन

रसुवा,१३ भदाैं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले खोज तथा उद्धार अभियानलाई तीव्र बनाएको छ। सुरुङभित्र मानिसहरू फसेको सूचना पाएपछि विगत दुई दिनदेखि जारी उद्धार प्रयासअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खुलाउने कामलाई थप तीव्र पारिएको हो। सरकारले सुरक्षाकर्मीको संयुक्त उद्धार टोली परिचालन गरी सुरुङको प्रवेशद्वारमा थुप्रिएको…

रसुवा बाढी : पर्साका ३९ जना सम्पर्कविहीन, खोजी कार्य जारी

वीरगञ्ज,१३ भदाैं । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा पर्साका ३९ जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि आफन्त तथा परिवारको सम्पर्कमा आउन नसकेको कार्यालयले जनाएको हो। जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको खोज तथा उद्धारसम्बन्धी सूचनामा सम्पर्कविहीन व्यक्तिहरूको विवरण सार्वजनिक…

बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी झण्डै ९२ लाख चोरी प्रकरणमा २९ जना पक्राउ, पक्राउ पर्नेमा पर्साका नागरिक पनि

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगदसहितको सेफ फेला पारी तोडफोड गरी रकम निकालेर लगेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १० गते आएको बाढीले बगाएर ल्याएको सेफ गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको थियो। स्थानीयवासीले सेफ तोडफोड गरी त्यसमा रहेको यकिन नभएको […] The post बाढीले बगाएर…

हरिखेतान कलेजद्वारा बाढीपीडितको राहतका लागि ५ लाख सहयोग

वीरगञ्ज, १३ भदौ । वीरगञ्जस्थित हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ। कलेजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। कलेज व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतानका अनुसार सामुदायिक शिक्षण संस्थामध्ये बाढीपीडितको सहयोगका लागि…

चितवनमा पहिचान हुन नसकेका २२९ शवको जमिनमुनि व्यवस्थापन गरिने

काठमाडौं,१३ भदाैं । रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा सङ्कलन गरिएका २३३ शवमध्ये पहिचान हुन नसकेका २२९ शवको जमिनमुनि व्यवस्थापन गरिने भएको छ। हालसम्म चारवटा शवको मात्रै पहिचान भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। लामो समयसम्म शव तथा शवका अवशेष सुरक्षित राख्न कठिन भएपछि तीव्र रूपमा सड्ने र गल्ने क्रम बढेको छ। यसबाट दुर्गन्धसँगै सम्भावित […] The post चितवनमा पहिचान हुन नसकेका २२९ शवको…

मन्त्रिपरिषद्का तीन निर्णय सार्वजनिक

काठमाडौं,१३ भदाैं । सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका तीन महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। त्यस्तै, गत बुधबार नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत रसुवागढी तथा भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति…

रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि काठमाडौं प्रशासनले राहत संकलन गर्ने

रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि काठमाडौं प्रशासनले राहत संकलन गर्न काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री संकलन गरी एकद्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ। कार्यालयले सूचना जारी गर्दै काठमाडौंमा रहेका संघसंस्था, व्यक्ति, कम्पनी, क्लब तथा नागरिकस्तरबाट बाढीपीडितलाई सहयोग गर्न इच्छुकलाई खाद्यान्न, लत्ताकपडा,…

रसुवाको बाढीमा बेपत्ता ६१६ जनाको शव फेला

काठमाडौं ,१३ भदौ । रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ६१६ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म बाढी तथा पहिरो प्रभावित विभिन्न स्थानबाट बेपत्ता भएकाहरूको खोजीका क्रममा ६१६ जनाको शव फेला परेको हो। प्रहरीको विवरणअनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, […] The post रसुवाको बाढीमा बेपत्ता ६१६ जनाको शव…

रसुवा बाढीपीडितका लागि निखिल ज्वेलर्सको १ लाख २१ हजार रुपैयाँ सहयोग

वीरगञ्ज । रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले वीरगञ्जस्थित निखिल ज्वेलर्सले १ लाख २१ हजार रुपैयाँ सहयोग गरेको छ। निखिल ज्वेलर्सका सञ्चालक उपेन्द्र सर्राफका अनुसार बाढीपीडितको सहयोगका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध गराइएको हो। प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएकाले पीडित परिवारलाई राहत तथा […] The…

रसुवा बाढीपछि मधेसका १२७ जना सम्पर्कविहीन, १५ जना परिवारको सम्पर्कमा

बीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका मधेस प्रदेशका १२७ जनामध्ये १५ जना आज परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्। मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीपछि मधेस प्रदेशका विभिन्न जिल्लाबाट १२७ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो। तीमध्ये १५ जना टेलिफोनमार्फत परिवारको सम्पर्कमा […] The…

रसुवाको भोटेकोशी बाढीमा ५३८ शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा परी हालसम्म ५३८ जनाको शव बरामद गरिएको सरकारले जनाएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार अपराह्न ३ बजे अद्यावधिक गरेको विवरणअनुसार बाढीपछि ३३ देशका ६३२ जना विदेशी नागरिक प्रभावित भएका छन्। तीमध्ये १२१ जना फेला परेका छन् भने ५११ जना अझै बेपत्ता छन्। मन्त्रालयका अनुसार विदेशी […] The post रसुवाको भोटेकोशी बाढीमा ५३८ शव बरामद, ३३…

अदालतको आदेशविपरीत भेरी अस्पतालमा साझा फार्मेसी सञ्चालन ! मेसु दर्नालसँग जवाफ माग

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा साझा स्वास्थ्य सेवाको फार्मेसी सञ्चालन हुँदै आएको विषयमा कानुनी र प्रशासनिक प्रश्न उठेको छ। अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने व्यवस्था तथा सर्वोच्च अदालतबाट प्रतिपादित आदेशको मर्मविपरीत बाह्य पक्षको फार्मेसीलाई अस्पताल परिसरमा निरन्तरता दिइएको हो कि होइन भन्ने विषयमा प्रश्न उठेको हो। सर्वोच्च अदालतको रिट नं. ०७१–WO–०९६१ बाट प्रतिपादित आदेश…

बाढी क्षतिको निरीक्षण गर्न एमाले टोली नुवाकोटतर्फ

काठमाडौं,११ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण गर्न नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ । च्यासलस्थित एमाले केन्द्रीय कार्यालयबाट निस्किएको टोलीमा पूर्वउपमहासचिव विष्णु रिमाल, सचिव राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ, प्रचार विभाग प्रमुख निरज आचार्य, केन्द्रीय सदस्य पार्वत गुरुङलगायत सहभागी छन्…

राप्रपाको आग्रह : राहतसँगै सञ्चार सुविधा तत्काल विस्तार गरियोस्

काठमाडौं,११ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विपद् प्रभावित क्षेत्रमा राहत व्यवस्थापनसँगै सञ्चार सेवा तत्काल प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ। बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र सञ्चारलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए। उनले प्रधानमन्त्री राहत कोषलाई थप…

नारायणीमा ६७ शव संकलन

काठमाडौं,११ भदौ । रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीपछि नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन गरिएको छ। चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नदीले बगाएर ल्याएका शवहरू नारायणी नदी आसपासबाट संकलन गरिएको हो। संकलित शवलाई विभिन्न अस्पतालमा सुरक्षित राखी पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ। बुधबार […] The post नारायणीमा ६७ शव…

रसुवा बाढीपीडितलाई सखुवा प्रसौनीको ५ लाख सहयोग

वीरगन्ज,११ भदौ । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। गाउँपालिका अध्यक्ष जसवन्त यादवले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाको तर्फबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए। अध्यक्ष यादवले…

वीरगन्जमा चिनीको मूल्य बढ्यो, उपभोक्ता मारमा

वीरगन्ज,११ भदौ । वीरगन्जको स्थानीय बजारमा चिनीको मूल्य ह्वात्तै बढेपछि उपभोक्ता मारमा परेका छन्। सीमावर्ती भारतीय बजारमा चिनीको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर वीरगन्जमा परेको व्यवसायीहरूले बताएका छन्। व्यवसायीका अनुसार केही दिनअघिसम्म भारतीय बजार रक्सौलमा प्रतिकिलो ४८ भारु अर्थात् नेपाली करिब ७६–७७ रुपैयाँमा बिक्री हुँदै आएको चिनी अहिले ७२ भारु अर्थात् करिब ११५ रुपैयाँ पुगेको […] The post…

शव सुरक्षित राख्न कोल्ड स्टोर उपलब्ध गराउन मन्त्री पुनको आग्रह

काठमाडौँ,११ भदौ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले रसुवामा आएको बाढीबाट मृत्यु भएकाहरूको शव सुरक्षित राख्न त्रिशूली र नारायणी नदी आसपासका जिल्लामा रहेका कोल्ड स्टोर उपलब्ध गराउन आग्रह गर्नुभएको छ। बाढीका कारण ठूलो मानवीय क्षति भएकाले विभिन्न स्थानबाट संकलन गरिएका शवको पहिचान नहुँदासम्म सुरक्षित राख्नुपर्ने आवश्यकता रहेको मन्त्री पुनले बताउनुभएको छ। उहाँले कोल्ड स्टोर […] The…

विपद् सामना गर्न स्रोत–साधनको अभाव हुँदैन : अर्थमन्त्री वाग्ले

काठमाडौं,११ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपद्बाट उत्पन्न संकट सामना गर्न सरकारसँग स्रोत र साधनको कुनै अभाव नहुने बताएका छन्। सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले तत्काल उद्धार तथा राहतदेखि दीर्घकालीन पुनर्निर्माणसम्म आवश्यक बजेटको पूर्ण सुनिश्चितता भइसकेको जानकारी दिए। उनका अनुसार घटनालगत्तै विश्व बैंकसँगको…

रसुवा बाढीपीडितका लागि अमेरिकाले ५ लाख डलर सहयोग गर्ने

काठमाडौँ,११ भदौ । रसुवामा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति अमेरिकाले गहिरो दुःख व्यक्त गर्दै प्रभावित समुदायका लागि ५ लाख अमेरिकी डलर आपत्कालीन सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयको प्रवक्ताको कार्यालयले विज्ञप्ति जारी गर्दै बाढीमा ज्यान गुमाउनेका परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, विपद्को यस घडीमा अमेरिका नेपाल र नेपाली […] The post रसुवा…

उद्धारमा राज्यका सबै संयन्त्र परिचालन

काठमाडौँ,११ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावितको उद्धार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले देशले अकल्पनीय विपत्ति सामना गरिरहेको भन्दै प्रभावितको उद्धार र राहतलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिएका हुन्। उनका अनुसार बिहान ६ः३० बजेदेखि उद्धार उडान सुरु गरिएको छ। अहिलेसम्म १५ भन्दा बढी […]…

वीरगञ्जमा डाइनामिक एआई एण्ड एजुकेशन समिट–२०२६ सम्पन्न

वीरगञ्ज । डाइनामिक टेक्नोसफ्टको आयोजनामा वीरगञ्जमा ‘डाइनामिक एआई एण्ड एजुकेशन समिट–२०२६’ सम्पन्न भएको छ। वीरगञ्जस्थित होटल सिद्धार्थ दियालो लर्ड्स होटलमा बुधबार आयोजित समिटको उद्घाटन आयोजक संस्था डाइनामिक टेक्नोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपक साहले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रमको सञ्चालन सूर्य शुभचिन्तकले गरेका थिए। समिटमा वीरगञ्जका विभिन्न विद्यालय तथा कलेजका प्रतिनिधि,…

रसुवा बाढीमा हेलिकप्टरबाट ८८ जनाको उद्धार

बीरगन्ज,१० भदाै । रसुवामा आएको भीषण बाढीपछि जोखिमयुक्त क्षेत्रमा फसेका ८८ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नेपाली सेनाको जंगी अड्डाका अनुसार बुधबार दिउँसो ३ः५५ बजेसम्म बाढी प्रभावित विभिन्न स्थानबाट ८८ जनालाई सुरक्षित ठाउँमा सारिएको हो । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, निजी कम्पनीका हेलिकप्टर तथा अन्य सुरक्षा निकायलाई पूर्ण रूपमा […] The post रसुवा बाढीमा…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

काठमाडौं,१० भदाै । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई हाल कीर्तिपुरमा बस्दै आएका २३ वर्षीय पुस्कर दाहाल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुर नयाँ बजारबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार दाहालले इन्स्टाग्राममा […] The post…

बाढीपीडितका लागि राहत कोषमा रकम दिने रास्वपाको घोषणा

काठमाडौं,१० भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवाको बाढी प्रभावितका लागि राहत कोषमा एकमुष्ट रकम सहयोग गर्ने भएको छ । रास्वपा सभापति रवि लामिछानेले पार्टीले राहतका लागि उपलब्ध गराउने रकमबारे निर्णय गर्न केहीबेरमा आकस्मिक बैठक बस्न लागेको जानकारी दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले पार्टीका सांसदहरूले समेत व्यक्तिगत रूपमा नभई सामूहिक रूपमा सरकारलाई […] The post…

ठाकुरराम क्याम्पसका प्राध्यापकको हाजिरी र निजी संलग्नताबारे विवरण माग

वीरगन्ज,१० भदाै । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शिक्षासम्बन्धी उपसमितिले वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापकविरुद्ध परेको उजुरीमा सात दिनभित्र आवश्यक विवरण तथा कागजात उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ । क्याम्पसमा नियमित हाजिरी जनाएर निजी विद्यालय तथा कलेज सञ्चालनमा संलग्न भई राज्यबाट प्राप्त सेवा–सुविधा दुरुपयोग गरेको…

नेप्से ३५ अंकले घट्यो

काठमाडौं,१० भदाै । तिब्बततर्फबाट आएको बाढीले जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि त्यसको प्रभाव बुधबारको सेयर बजारमा देखिएको छ । जलविद्युत् र निर्जीवन बीमा समूहमा उच्च गिरावट आउँदा नेप्से परिसूचक ३५.९२ अंकले घटेको छ । बुधबारको कारोबारपछि नेप्से २ हजार ५५८ अंकमा झरेको छ । बजारमा ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन […] The post नेप्से ३५ अंकले घट्यो appeared first on Nepal Post…

हेलिकप्टरबाट काठमाडौं ल्याइएका ३ घाइतेको ट्रमा सेन्टरमा उपचार

काठमाडौँ,१० भदाै । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । बाढीमा परेर घाइते भएका उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको हो । उनीहरूलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ । ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीका अनुसार रसुवाबाट उद्धार गरिएका तीनै जनाको आकस्मिक […] The post हेलिकप्टरबाट काठमाडौं…

रसुवाको बाढीमा २९१ विदेशी र ९३ नेपाली पर्यटक सम्पर्कविहीन

काठमाडौं,१० भदाै । रसुवामा आएको भीषण बाढीपछि विभिन्न क्षेत्रमा ३८४ जना आन्तरिक तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा २९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक रहेका छन् । बोर्डले ट्राभल एजेन्सीबाट प्राप्त विवरणका आधारमा पर्यटकहरूको अवस्था यकिन गर्ने प्रयास गरिरहेको जनाएको छ । ट्राभल एजेन्सी, टुर गाइड, […] The post रसुवाको बाढीमा २९१ विदेशी र ९३…

रवि लामिछानेले प्रतिनिधिसभामा सम्बोधन गर्दै

काठमाडौं,१० भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवाको भोटेकोशी बाढीका विषयमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । देशका विभिन्न क्षेत्रमा बाढीको प्रभाव देखिइरहेका बेला लामिछानेले संसद्मा सम्बोधन गर्न लागेका हुन् । रसुवागढी क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको प्रारम्भिक विवरण आएको छ । बाढी भोटेकोशी नदीमा मिसिएपछि […] The…

मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम बढ्यो, १९ संक्रमितमध्ये ६ को मृत्यु

बीरगन्ज,१० भदाै । मधेश प्रदेशमा जापानीज इन्सेफ्लाइटिस (जेई) को संक्रमण फैलिँदै गएको छ । प्रदेशका आठमध्ये सर्लाहीबाहेक सात जिल्लामा १९ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भदौ ५ गतेसम्म सात जिल्लाका १५ स्थानीय तहमा प्रयोगशाला परीक्षणबाट जेई संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये करिब […] The post मधेशमा जापानीज इन्सेफ्लाइटिसको…

पुराना आपराधिक घटनाका दोषी पनि कानुनी दायरामा आउँछन् : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं,०७ भदौ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विगतमा भएका आपराधिक घटनालाई नेपाल प्रहरीले नबिर्सने भन्दै संलग्न व्यक्तिलाई जुनसुकै समयमा पनि कानुनी दायरामा ल्याइने बताएका छन्। राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीमा महानिरीक्षक कार्कीले समाजमा भएका आपराधिक घटनाको अभिलेख प्रहरी संगठनको ‘इन्स्टिच्युसनल मेमोरी’मा रहने बताए। उनका अनुसार दशकौँ पुराना घटनामा समेत अनुसन्धान अघि बढाएर…

सरकारसँग सहमतिपछि गरिमा चौधरीको अन्त्येष्टि

बीरगन्ज,०७ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ। बलात्कारपछि हत्या गरिएकी गरिमाको कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोलामा परिवारको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो। सरकार र पीडित परिवारबीच शनिबार राति गृह मन्त्रालयमा तीनबुँदे सहमति भएपछि गरिमाका बुवा मनोज चौधरीले आइतबार प्रादेशिक अस्पताल कलैयाबाट शव…

गगन थापाको हातबाट टीका लगाउँदै रास्वपा नेता न्यौपाने कांग्रेसमा प्रवेश

काठमाडौं,०७ भदौ । सर्लाहीको हरिवन नगरपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। न्यौपानेलाई कांग्रेस सभापति गगनकुमार थापाले आइतबार काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्। रास्वपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका न्यौपानेले लोकतान्त्रिक पार्टी…

प्रदेशले खनिज पदार्थको अन्वेषण गर्न पाउने, उत्खननका लागि संघको अनुमति अनिवार्य

काठमाडौं,०७ भदौ । सरकारले प्रदेश सरकारलाई खानी तथा खनिज पदार्थको अन्वेषण गर्न दिने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ। तर खनिज पदार्थ उत्खननको अधिकार भने संघीय सरकारमै रहने प्रस्ताव गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले प्रतिनिधिसभामा दर्ता गराएको ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ मा यस्तो व्यवस्था गरिएको हो। विधेयक १४ साउनमा प्रतिनिधिसभामा […] The post प्रदेशले खनिज…

सत्ता समीकरणमै अल्झिनु गम्भीर भुल भयो : प्रचण्ड

काठमाडौं,०७ भदाै । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी आफ्नो मूल विचार, वर्गीय आधार र दीर्घकालीन रणनीतिबाट विचलित हुँदा राजनीतिक रूपमा गम्भीर त्रुटि भएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पछिल्लो समय पार्टीको ध्यान रणनीतिक लक्ष्यभन्दा सत्ता समीकरण बनाउने र भत्काउनेतर्फ बढी केन्द्रित भएको स्वीकार गरे। उनका अनुसार जनयुद्धका क्रममा सामन्तवाद परास्त गर्ने…

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, १ जना पक्राउ

जनकपुर,७ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या भएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। शम्भुनाथ नगरपालिका–३ का मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्। बालिका हराएको जानकारी पाएलगत्तै परिवार र प्रहरीले खोजी सुरु गरेका थिए। खोजीका क्रममा करिब दुई घण्टापछि […] The post सप्तरीमा दुई वर्षीया…

पर्सामा खोलामा डुबेर एक व्यक्तिको मृत्यु

वीरगन्ज,०७ भदौ । पर्साको विन्दवासिनी गाउँपालिका–२ स्थित ढोङ्गही खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ। प्रहरीका अनुसार बहुदरमाई नगरपालिका–१ का अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिर भैँसी चराउन गएका बेला खोलामा डुबेर बेपत्ता भएका थिए। उनी बेपत्ता भएको सूचना स्थानीयबाट प्राप्त भएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी थालेको थियो। सशस्त्र प्रहरी सुरक्षा […] The post पर्सामा खोलामा…

सरकारसँग सहमतिपछि गरिमा चौधरीको शव परिवारले बुझे

बीरगन्ज,०७ भदौ । तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएपछि परिवारले प्रादेशिक अस्पताल कलैयाबाट बालिकाको शव बुझेका छन्। निष्पक्ष अनुसन्धान, दोषीलाई कडा कानुनी कारबाही तथा कानुनी सुधारको माग गर्दै परिवारले केही दिनदेखि शव बुझ्न अस्वीकार गर्दै आएको थियो। शनिबार राति गृह मन्त्रालयमा भएको लामो छलफलपछि सरकार र पीडित पक्षबीच […] The post सरकारसँग सहमतिपछि गरिमा…

सरकारसँग सहमति भए पनि गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौं,०७ भदौ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा न्यायको माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। स्वतन्त्र नागरिक समूहको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न, पीडित परिवारलाई न्याय दिलाउन र घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।…

सप्तरीमा दुई वर्षीया बालिका मृत फेला, मृत्युको कारण खुल्न बाँकी

सप्तरी,०७ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकमा घरबाट हराएकी दुई वर्षीया बालिका आफ्नै घर पछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी छन्। मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहानदेखि सम्पर्कविहीन भएकी थिइन्। बालिका हराएको जानकारी पाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। प्रहरी र परिवारजनले खोजी गर्ने क्रममा घरको पछाडिपट्टि रहेको झाडीमा बालिका मृत […] The post सप्तरीमा दुई…

कलैयाबाट बेपत्ता २ वर्षीया बालिका सकुशल फेला, तालिमप्राप्त कुकुरसहित प्रहरीको सर्च अपरेशन

बारा — बाराको कलैया उपमहानगरपालिका–१, कट्टीपर्साबाट शनिबार साँझ घरैबाट बेपत्ता भएकी २ वर्षीया बालिका बिन्दी मण्डल सकुशल फेला परेकी छन्। मुकेश मण्डलकी २ वर्षीया छोरी बिन्दीलाई आइतबार बिहान कलैया उपमहानगरपालिका–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले फेला पारेकी हुन्। बालिकालाई नालाबाट तत्काल उद्धार गरी स्थानीय महिलाले आफ्नै घरमा लगेर हेरचाह […] The post…

काठमाडौं महानगरले ९२ निजी विद्यालयको अनुमति खारेजीबारे स्पष्टीकरण माग्यो

काठमाडौं,०६ भदाै । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित ९२ वटा संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति खारेज गर्ने तयारी गरेको छ। महानगरपालिकाको शिक्षा विभागले कानुनबमोजिम अनुमति वा स्वीकृति लिएर सञ्चालनमा आएका तर हाल अनुमति खारेज गर्नुपर्ने अवस्थामा रहेका विद्यालयलाई ३५ दिनभित्र आवश्यक कागजातसहित आफ्नो विवरण र स्पष्टिकरण पेस गर्न सूचना जारी गरेको हो। शिक्षा विभागका […] The…

तीन स्थानमा रक्तदान कार्यक्रम सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान

वीरगन्ज,०६ भदौ । ब्रह्माकुमारीज वीरगन्जको आयोजनामा पूर्व मुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणिको ९९औँ पुण्यतिथिको अवसरमा रक्तदान तथा निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको छ। वीरगन्ज महानगरपालिका–२ छपकैयास्थित विश्वदर्शन भवन परिसरमा आयोजित कार्यक्रममा सर्वसाधारणले रक्तदान गर्नुका साथै निःशुल्क आँखा परीक्षण सेवा लिएका थिए। मानवीय सेवा र आवश्यक बिरामीलाई सहयोग पुर्‍याउने उद्देश्यले…

बालबालिकाको गोपनीयता उल्लङ्घन मुद्दा सल्टाउन टिकटकले ४० करोड डलर तिर्ने

काठमाडौं,०६ भदौ । बालबालिकाको अनलाइन गोपनीयता उल्लङ्घन गरेको आरोपमा दायर मुद्दा टुंग्याउन टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्स ४० करोड अमेरिकी डलर तिर्न सहमत भएका छन्। अमेरिकी न्याय विभागसँग भएको सम्झौताअनुसार टिकटकले तत्काल ३० करोड डलर भुक्तानी गर्नेछ। बाँकी १० करोड डलर भने टिकटकको पूर्ववर्ती एप ‘म्युजिकल डट एलवाई’सँग सम्बन्धित सन् २०१९ को संघीय […] The post बालबालिकाको गोपनीयता उल्लङ्घन…

गरिमा मृत्यु प्रकरण : पाँच दिनपछि पक्राउ परेका प्रोग्रेसको घरमा प्रहरीको खानतलासी

बीरगन्ज,०६ भदाै । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनालाई लिएर देशभर विरोध प्रदर्शन चर्किएपछि प्रहरीले घटनामा पक्राउ परेका प्रोग्रेस चौधरीको घरमा खानतलासी गरेको छ। गरिमाको शव मंगलबार बरामद भए पनि प्रहरीले पक्राउ परेका प्रोग्रेस चौधरी र सुमन थापा बस्दै आएको घरमा तत्काल खानतलासी नगरेको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै आएका थिए। स्थानीयले गरिमाको हत्या प्रोग्रेसकै […] The post गरिमा मृत्यु…

गरुडा नगरपालिकाको ८५ करोड ३७ लाखको बजेट पारित

रौतहट,०६ भदौ । रौतहटको गरुडा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ८५ करोड ३७ लाख ८५ हजार ९९९ रुपैयाँ ६० पैसाको बजेट पारित गरेको छ। जनप्रतिनिधिबीचको विवादका कारण निर्धारित समयभन्दा करिब दुई महिना ढिलो गरी शुक्रबार नगरपालिकाको दशौँ बजेट अधिवेशन तथा पन्ध्रौँ नगर अधिवेशन सम्पन्न भएको हो। लामो समयदेखि कायम राजनीतिक गतिरोध अन्त्य गर्न सङ्घीय […] The post गरुडा नगरपालिकाको ८५ करोड ३७ लाखको बजेट पारित…

गरिमा हत्या प्रकरणमा अधिकतम न्याय सुनिश्चित गर्छौं : गृहमन्त्री गुरुङ

काठमाडौँ,०६ भदौ । गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीको हत्याजस्तो जघन्य अपराध दोहोरिन नदिन सरकार बलियो कानुनी तथा संस्थागत व्यवस्था निर्माण गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ। गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत गरिमा चौधरीमाथि भएको घटनाले आफू अत्यन्त दुःखी भएको उल्लेख गर्दै दोषीलाई कानुनअनुसार अधिकतम कारबाही गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो। उहाँले सरकारको उद्देश्य एउटा…

गरिमा हत्याको विरोधमा पथलैयामा प्रदर्शन जारी, राजमार्ग अवरुद्ध

सिमरा,०६ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनामा न्यायको माग गर्दै बाराको पथलैया चोकमा स्थानीयवासीको प्रदर्शन जारी छ। गत बुधबारदेखि सुरु भएको प्रदर्शनका कारण पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ। प्रदर्शनका क्रममा सडक खुलाउने प्रयास गरिरहेको प्रहरी र आन्दोलनकारीबीच वादविवादसमेत भएको छ। इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टले पथलैयाको […] The…

पत्रकारितामाथिको आक्रमण लोकतन्त्रका लागि गम्भीर चुनौती : आङ्देम्बे

इटहरी,०६ भदौ । नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले पत्रकारितामाथि हुने आक्रमण लोकतन्त्रका लागि गम्भीर चुनौती भएको बताएका छन्। शनिबार इटहरीमा आयोजित नेपाल प्रेस युनियन सुनसरीको १०औँ अधिवेशनलाई सम्बोधन गर्दै आङ्देम्बेले लोकप्रियतावादबाट तानाशाही जन्मिन सक्ने भन्दै पछिल्लो राजनीतिक परिस्थितिप्रति सचेत र संवेदनशील बन्नुपर्ने बताए। उनले लोकतन्त्र स्थापनाका लागि योगदान दिएका पुस्ताको…