RSS Amplifier

Blog

नेपालखबर

nepalkhabar.com's Official RSS Feed.

nepalkhabar.comSource feed ↗70 posts

Live Last read · next check

Latest posts

भारतको ‘रेस्क्यु’ मिसनमा चीनको चासो, रोकियो ८० जनाको ठूलो टोली

रसुवा बाढी प्रभावित क्षेत्रमा सरकारले भारत र चीनलाई उद्धार अनुमति दिएको छ। अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, दक्षिण कोरिया, जापान, बंगलादेश, पाकिस्तान, श्रीलंका, टर्की, भेनेजुयलालगायत मुलुकले उद्धारकर्ता पठाउन खोजे पनि नेपालले बिपत्तिको चौथो दिन शनिबारसम्म दुई निकटतम छिमेकीलाई मात्र अनुमति दिएको हो।तर, भौगोलिक कठिनाइ र बाढी प्रभाावित क्षेत्रको भूराजनीतिक संवेदनशीलताको कारण भारतबाट आउने भनिएको…

तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग

गत बुधबार भोटेकोसीमा आएको विनाशकारी बाढीपीडितका लागि नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानले रु एक करोड एक लाख एक आर्थिक सहयोग गर्ने भएको छ। बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि तिलगङ्गा आँखा प्रतिष्ठानले उक्त रकम सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।शनिबार जारी प्रेस विज्ञप्तिका अनुसार प्रतिष्ठानका कर्मचारीहरूले एक दिन बराबरको…

भोटेकोसी बाढीपछि भारतलाई ‘टेन्सन’, नेपालसँग सीमा जोडिएका हिमनदी निगरानी गर्न निर्देशन

हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले चीन र नेपालसँग सीमा जोडिएका आफ्ना हिमाली क्षेत्रका हिमनदी तथा हिमनदीजन्य तालको निगरानी बढाएको अधिकारीहरूले शनिबार बताएका छन्।यूएस जियोलोजिकल सर्भेका अनुसार बुधबार तिब्बत-नेपाल सीमामा आएको विपत्ति हिमनदी खस्दा उत्पन्न लेदोसहितको तीव्र बहाबले हो।हिमनदी खस्नुको यकिन कारण स्पष्ट नभए पनि जलवायु परिवर्तनका कारण विश्वभर हिमनदी तीव्र गतिमा…

त्रिशूली ३ ‘ए’ सुरुङको माथिल्लो भागसम्म पुग्यो उद्धार टोली, प्वालबाट हावा पठाउन सुरु

त्रिशूली ३ 'ए' को सुरुङमा फसेकाहरूको उद्धार गर्न खटिएको टोली माथिल्लो भाग (क्राउन) सम्म पुगेको छ।गृहमन्त्री सुधन गुरुङले फेसबुकमार्फत् सार्वजनिक सूचना जारी गर्दै सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको जानकारी दिएका हुन्।'हामीले उक्त सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेका छौँ र अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौँ,' उनले लेखेका छन्।बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले…

रसुवाका ६ स्वास्थ्यकर्मी र परिवारका चार सदस्यसहित १० जना सम्पर्कविहीन

जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोसी बाढीमा परी जिल्लाका छ स्वास्थ्यकर्मी एवं उनीहरूका परिवारसमेत गरी १० जना सम्पर्कविहीन अवस्थामा रहेको जनाएको छ। जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निदोर्ज घर्तीमगरका अनुसार तीनमहिने छोरासहित टिमुरे स्वास्थ्यचौकीका इन्चार्ज सुस्मिता पाण्डे, आठमहिने छोरीसहित स्याफ्रुबेँसी स्वास्थ्य चौकीका इन्चार्ज खम्बु बोहरा र उनकी पत्नी कोपिला केसी, दालफेदी स्वास्थ्य चौकीका…

दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने कृषि विश्वविद्यालयको निर्णय

कृषि तथा वन विज्ञान विश्वविद्यालयले बाढी प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनामा सहयोग पुर् याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ।विश्वविद्यालयको भदौ १३ गते बसेको कार्यकारी परिषद्को बैठकले पदाधिकारी, शिक्षक तथा कर्मचारीको भदौ महिनाको तलब भुक्तानी गर्दा निश्चित प्रतिशत/दिन बराबरको रकम कट्टा गरी उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको रजिस्ट्रारको…

न सास भेटिन्छ न त लास, निराश भएर फर्कँदै आफन्त

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-३ का घनश्याम बस्नेत (मिलन) गत बुधबार रसुवाको भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन छन्।डिब्बा गाडी लोड गर्न रसुवा नाका गएका उनले मंगलबार राति श्रीमती कञ्चन पाठकसँग गफ गरेका थिए। अरू बेलामा काठमाडौँ-वीरगंजको ट्रिप गर्ने गाडी पहिलो पटक रसुवा नाका लगेका हुन्। बाढीपछि आफ्ना श्रीमान् सम्पर्कविहीन भएपछि कञ्चन यतिबेला शव राखिएको अस्पतालको ढोकाढोका चहारिरहेका छन्।आज…

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सय सम्पर्कविहीन

भोटेकोसीको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ भने अझै दुई हजार ४९८ जना सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, शनिबार साँझ साढे ६ बजेसम्म नदी किनारमा ६७५ जनाको शव भेटिएको छ। सबैभन्दा बढी चितवनमा २४६ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ। यसैगरी, रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ५७, नवलपरासी पूर्वमा १६५, नवलपरासी पश्चिममा ६३ र…

भोटेकोसी बाढी प्रभावित तीनै जिल्लामा मध्यम वर्षा जारी

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार राति) रसुवा, नुवाकोट र धादिङमा मध्यमसम्म वर्षा भइरहेको छ।अघि राति ७:४० बजेसम्मको रेकर्डअनुसार पछिल्लो १ घण्टामा सबैभन्दा धेरै वर्षा पर्साको वीरगन्जमा ४९.६, गोरखाको आरुघाटमा ३७ र लमजुङको बेँसीसहरमा २५.४ मिलिमिटर भएको छ।ती र आसपासका क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन मौसम महाशाखाले सुझाव…

उद्धारमा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ: प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढी प्रभावितको उचारका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग लिइरहेको बताएका छन्। प्रधानमन्त्री शाहले शनिबार साँझ सामाजिक सञ्जालमार्फत बाढी प्रभावितको खोज, उद्धार र राहत वितरणमा भइरहेको कामको विवरण सार्वजनिक गरेका छन्। उनी दिनभर गरिएका कार्यको विवरण सामाजिक सञ्जालमार्फत नै सार्वजनिक गर्दै आएका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको उनले जनाएका छन्।…

बाढीपीडितका लागि क्रिकेट संघले ३० लाख दिने

बाढीलगायत प्राकृतिक विपद् बाट पीडितका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। क्यानका सचिव पारस खड्काले आज बिहान विज्ञप्ति जारी गरी विपद् मा परेका नागरिकको राहत, उद्धार तथा पुनस्थापनामा मद्दतका लागि संघका तर्फबाट ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी गराएका हुन्। उनले भनेका छन्, 'उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।'प्राकृतिक…

ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ एपमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप 'ग्लोबल स्मार्ट प्लस' मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सजिलै आर्थिक सहयोग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ।बैंकका अनुसार विपद्को बेला प्रत्येक योगदानको महत्त्व हुने भन्दै ग्राहकहरूले ग्लोबल स्मार्ट प्लस एपमार्फत केही क्लिकमै उक्त कोषमा प्रत्यक्ष रूपमा रकम जम्मा गर्न सक्ने बनाइएको हो। यस सुविधामा खाता छनोट, योगदानकर्ताको…

यी हुन बाढीले बगाएर ल्याएको बैंकको ‘सेफ’ फोडेर ९२ लाख चोर्ने २९ जना

धादिङमा नदिले बगाएर ल्याएको बैंकको 'सेफ' फोड्ने २९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। उनीहरूलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गल्छी गाउँपालिका- ४ बेल्खुखोलास्थित त्रिशूली नदीको किनारमा फेला परेको सेफ शुक्रबार उनीहरूले तोडफोड गरी त्यसभित्र रहेको नगद आफूखुसी निकालेका थिए।…

परराष्ट्रमन्त्री खनाल सर्बिया भ्रमणमा नजाने

रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने भएका छन्।मन्त्री खनाल असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई-लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो।बेलग्रेडमा भदौ १५ र १६ गते ९अगस्ट ३१ र सेप्टेम्बर १० उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ। मन्त्रिपरिषद्को साउन २६ गतेको…

‘त्रिशूली-३ ए’को टनेलभित्र फसेका एक जनाको पनि हुन सकेन उद्धार, भित्र पुग्ने प्रयास नै जारी

रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण नुवाकोटमा रहेको अप्पर त्रिशूली ३ ए जलविद्युत् केन्द्रको टनेलभित्र फसेकामध्ये अहिलेसम्म कसैको पनि उद्धार हुन सकेको छैन। यही भदौ १० गते अचानक आएको बाढीपछि त्यस जलविद्युत् केन्द्रमा कार्यरत केहीको उद्धार गरिए पनि टनेलभित्रै फसेकाहरूको चाहिँ अहिलेसम्म एक जनालाई पनि निकाल्न नसकिएको हो। उक्त जलविद्युत् आयोजनामा बाढीपछि ४२ जना सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा…

पोखरा विश्वविद्यालयका पदाधिकारी र कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा आएको भीषण बाढी तथा प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने भएको छ।पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १३ गते बसेको बैठकको निर्णयअनुसार विश्वविद्यालयमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीबाट तहअनुसार निश्चित रकम संकलन गरी प्रधानमन्त्री दैवी…

विपद्का बेला घटनास्थलबाटै तत्काल र सही सूचना प्राप्त गर्न मिल्ने ‘नागरिक अलर्ट’

बाढी, पहिरोजस्ता विपद्का बेला घटनास्थलबाटै तत्काल र सही सूचना प्राप्त गर्न नागरिकको सक्रिय भूमिका महत्वपूर्ण हुने भन्दै 'नागरिक अलर्ट'ले नागरिक रिपोर्टिङलाई प्रभावकारी माध्यमका रूपमा अघि सारेको छ।विपद्का बेला सडक अवरुद्ध हुने, बस्ती सम्पर्कविहीन हुने तथा इन्टरनेट र सञ्चार सेवा प्रभावित हुन सक्ने भएकाले घटनास्थलबाट तत्काल सूचना संकलन र प्रवाह चुनौतीपूर्ण हुने गरेको छ। यस्तो अवस्थामा नागरिक आफैंले…

सडकको भेलले बगाउँदा स्कुटरमा सवार आमाछोरीको मृत्यु, चालक सुरक्षित

पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ।पोखरा महानगरपालिका-१७ हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा-३० ढुङ्गेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहालको मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। दुवै जनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज…

भोटेकोसी बाढी: ६२६ शव फेला, अझै २४२६ जना सम्पर्कविहीन

रसुवाको भोटेकोसी बाढीपछि बेपत्तामध्ये आज बिहान १० बजेसम्म ६२६ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै २ हजार ४२६ जना सम्पर्कविहीन छन्।

भारतबाट आएको ‘टनेल रेस्क्यु’ टिमले आजै ‘रेकी अपरेसन’ थाल्ने

भारतले ११ सदस्यीय मेडिकल तथा सुरुङ उद्धार टोली नेपाल पठाएको छ। टनेल रेस्क्यु अपरेसनका लागि ११ सदस्यीय चिकित्सक, प्यारामेडिक्स तथा रेकी टोली काठमाडौँ आइपुगेको जानकारी भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत दिएका दिएका छन्।रेकी अपरेसन आज (शनिबार) सुरु गर्ने तयारी छ।भारतले उद्धार टोलीसहित पोर्टेबल जेनेरेटर सेट, डिग्निटी किट, खाद्यान्न प्याकेट तथा पानी शुद्धीकरण गर्ने ट्याब्लेटहरूसहितको…

कार्यक्रमबाट प्राप्त हुने रकम आकस्मिक राहत कोषमा जम्मा गर्ने कन्दराको घोषणा

हाल अमेरिकाको सांगीतिक यात्रामा रहेको ब्यान्ड कन्दराले आफ्नो आगामी प्रस्तुति श्रद्धाञ्जली तथा स्मृति कार्यक्रममा परिणत गर्ने भएको छ।यही शुक्रबार एटलान्टामा हुने तय भएको कार्यक्रमलाई कन्दराले रसुवालगायत विभिन्न क्षेत्रमा आएको भीषण बाढीमा ज्यान गुमाउनेहरूप्रति समर्पित हुने बताएको हो।कन्दराले सामाजिक सञ्जालमार्फत महाविपद् मा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै महाविपद् मा प्रभावित…

१५ पालिका संकटग्रस्त क्षेत्र घोषणा, नुवाकोट र रसुवालाई १-१ करोड, धादिङलाई ५० लाख राहत पठाइयो

सरकारले रसुवा बाढीबाट प्रभावित १५ स्थानीय तहलाई उद्धार, राहत तथा पुनर्स्थापनामा उच्च प्राथमिकतामा राखेर काम गर्ने भएको छ।सरकारले प्रभावित १५ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेर उद्धार, खोज तथा राहतका सबै कामलाई प्राथमिकताका साथ अघि बढाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्। प्रभावित क्षेत्रमा तत्काल सार्वजनिक सेवा र लाइफलाइन पूर्वाधार…

नेपाल-तिब्बत सीमाक्षेत्रमा विनाशकारी बाढी विशाल हिमनदीको ठुलो हिस्सा खसेपछि: विज्ञ

नेपाल-तिब्बत सीमाक्षेत्रमा बुधबार आएको विनाशकारी बाढी वा भूकम्पका कारण नभई उच्च हिमाली क्षेत्रमा विशाल हिमनदीको ठुलो हिस्सा खसेपछि उत्पन्न भएको हुन सक्ने विज्ञहरूले बताएका छन्। प्रारम्भिक अध्ययनअनुसार बरफ, चट्टान, माटो र पानीको तीव्र बहाबले तल्लो क्षेत्रमा ठुलो क्षति भएको हो।न्युजिल्यान्डको जीएनएस साइन्सका प्रमुख वैज्ञानिक साइमन कोक्सका अनुसार करिब ५ हजार २०० मिटर उचाइबाट हिमनदीको ठुलो भाग…

बाढीमा फसेका २७ पर्यटकहरूको उद्धार, धेरै भारतीय

बाढीमा फसेका २७ जना पर्यटकहरूको उद्धार गरिएको छ। रसुवाको टिमुरे र भोटेकोसी क्षेत्रबाट पर्यटकहरूको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। उद्धार गरिएका पर्यटकहरूमध्ये ११ जना भारतीय छन्। दुई जना अमेरिकाका छन् भने अर्को दुई जना इटालीका पर्यटकको उद्धार गरिएको छ। चार जना दक्षिण कोरियाबाट आएका पर्यटकहरूको उद्धार गरिएको बोर्डले जनाएको छ। उद्धार गरिएका आठजना पर्यटकहरूको कुन देशबाट आएका हुन् भन्ने…

भोटेकोसी बाढी- पूर्वीनवलपरासीमा ८१ जनाको शव फेला, मृतकको संख्या २८९ पुग्यो

रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले थप शव फेला परेको जनाएको छ। त्यहाँ मात्रै ८१ जनाको शव फेला परेको छ। ती मध्ये ५५ जनाको शव जिल्लास्थित ७ वटा अस्पतालमा राखिएको छ। २६ जनाको शव भने घटनास्थलमै रहेको र अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।पूर्वी नवलपरासीमा फेला परेका शव मध्ये २२ महिला, ३३ पुरुष, ६ बालक, ९ बालिका…

टेलिकमले हेलिकप्टरबाट जेनेरेटर र ब्याट्री पठाएर बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क फर्काउँदै

नेपाल टेलिकमले भोटेकोसी बाढीले विभिन्न स्थानमा अवरुद्ध भएको सञ्चार सम्पर्क स्थापित गराउन आवश्यक मर्मतसम्भारको काम जारी राखेको छ। रसुवाका विभिन्न स्थानमा सेवा सञ्चालन गर्न टेलिकमले न्यौपानेचौर तथा राम्चे रिपिटर साइटमा हेलिकप्टरबाट जेनेरेटर तथा ब्याट्री लगायतका उपकरणहरु पठाएको छ। त्यही उपकरण प्रयोग गरेर टेलिकमले न्यौपानेचौर तथा राम्चे आसपासका केस्पाङ (काउले), ठुलेगाउँ, तादी, फिकुरी, कालिकास्थान,…

भोटेकोसी बाढीबारे जयशंकरले राखे दिल्लीमा समीक्षा बैठक

भोटेकोसीको बाढीलाई लिएर भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँ दिल्लीमा समीक्षा बैठक राखेका छन्। जयशंकरले भारतीय विदेश मन्त्रालयका सचिव, मन्त्रालयका अन्य अधिकारीसहित काठमाडौं र चीनको बेइजिङमा रहेका भारतीय राजदूतहरूसँग छलफल गरेका हुन्। बुधबारको बाढीले तिब्बतमा पनि क्षति गराउँदै रसुवागढी हुँदै नेपाल छिरेर बितन्डा मच्चाएको थियो। सोही विषयमा जयशंकरले विपदबारे समीक्षा बैठक आयोजना गरेको जनाइएको छ। बाढी…

बाढी प्रभावितलाई सहयोग गर्न चाहने अन्तर्राष्ट्रिय दाताका लागि छुट्टै भुक्तानी पोर्टल

सरकारले बाढी पीडितका लागि सहयोग गर्न चाहने अन्तर्राष्ट्रिय दाताहरूका लागि छुट्टै भुक्तानी पोर्टल सार्वजनिक गरेको छ।नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँगको सहकार्यमा सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विदेशी दाताहरू सोझै सहयोग जम्मा गर्ने प्रणाली तयार गर्दै सञ्चालनमा ल्याएको हो।दाताहरूले आफ्नो कार्ड वा स्ट्यान्डर्ड चार्टर्डमा रहेको क्यूआर कोर्डमार्फत सिधै कोषमा सहयोग जम्मा गर्न सक्छन्।यो…

परराष्ट्रमन्त्री खनाललाई बेलायती विदेशमन्त्रीको फोन, आफ्ना नागरिकको खोजीबारे चासो

परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्री एड मिलिब्यान्डबीच बिहीबार टेलिफोन वार्ता भएको छ।खनाललाई टेलिफोन गर्दै विदेशमन्त्री मिलिब्यान्डले बुधबार आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए।साथै उनले शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।मिलिब्यान्डले विपद्को यस कठिन घडीमा बेलायत…

भोटेकोसीको शिरमा खोला थुनिएर २० लाख घनमिटर पानीको ताल बन्यो : चिनियाँ जलस्रोत मन्त्रालय

चीनको जलस्रोत मन्त्रालयले भोटेकोसीको शिरमा खोला थुनिएर बिहीबार बिहानसम्ममा २० लाख घनमिटर पानीको तलाउ बनेको बताएको छ। तालबाट पानी ओभरफ्लो भएर बग्न थालेको छ।आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी सो ठाउँमा आउने अनुमान गरिएको छ। मन्त्रालयलाई उधृत गर्दै सीसीटीभीले जनाएअनुसार सो ताल फुट्न सक्ने उच्च जोखिम छ। यो ठाउँ नेपाल-चीन सीमा नजिकैको केरूङ काउन्टीमा पर्ने छोचेन खोला र पुरेपु छाङ्पो नदीको संगमस्थलमा…

विचार मिल्ने शक्तिहरूबीच एकता र सहकार्य अपरिहार्य: प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकको वर्तमान परिस्थिति असाधारण र चुनौतीपूर्ण रहेको बताएका छन्।सोमबार काठमाडौँमा 'कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन' विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर सङ्कट देखापरेको उल्लेख गरेका हुन्।संयोजक दाहालले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धिहरू क्रमशः खोसिँदै गएकोप्रति चिन्ता व्यक्त…

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जना पक्राउ परेका छन्।नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१२ का ३७ वर्षीय नवीन लामा र सल्ल्यानको शारदा नगरपालिका-२ घर भएका ५० वर्षीय रमेश रेउलेलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने बहानामा तीन जनाबाट १४ लाख र रमेशले अमेरिका पठाइदिन्छु भन्दै…

जापानमा भूकम्प, ३७ जना घाइते

जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको छ।भूकम्पमा टोकियोसहित पाँच प्रिफेक्चरमा कम्तीमा ३७ जना घाइते भएका छन्।अधिकारीहरूले सुनामीको खतरा नरहेको बताएका छन्।जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु दक्षिणी इबाराकी प्रान्तमा ७० किलोमिटर गहिराइमा थियो।अमेरिकी भूगर्भ सर्वेक्षणले भने भूकम्प ५ दशमलव ८ म्याग्निच्युड रहेको जनाएको छ।प्रिफेक्चरल…

अमेरिका र अस्ट्रेलियाका लागि ‘पार्वती’को प्रदर्शन अधिकार बिक्री

अभिनेत्री नीता ढुंगानाको लेखन तथा निर्देशन रहेको फिल्म 'पार्वती'को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेको छन्।नेपालमा रिलिजको अन्तिम चरणमा पुग्दै गर्दा अमेरिका र अस्ट्रेलियाका वितरकले फिल्मको प्रदर्शन अधिकार खरिद गरेका हुन्।सार्वजनिक गीत, टिजर तथा प्रचारप्रसार सामग्रीका कारण विदेशमा रहेका नेपाली दर्शकमाझ फिल्मको माग उच्च देखिएपछि वितरकहरूले खरिदमा रुचि देखाएका हुन्।निर्माण पक्षका…

पार्टी एकताका लागि गगन र देउवासामु नैनसिंहका तीन विकल्प

कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसको एकताका लागि तीन विकल्प अगाडि सारेका छन्। सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवालाई भेटेर उनले यी विकल्प अघि सारेका हुन्। भदौ ४ मा कांग्रेस सभापति गगन थापालाई भेटेर महरले पार्टी मिलाउन आग्रह गरेका थिए। थापाको सम्पर्क कार्यालय ज्ञानेश्वरमा भएको भेटवार्तामा महरले पार्टीको बृहत् एकताका लागि निवर्तमान सभापति शेरबहादुर देउवासँग…

प्राणघातक जापानिज इन्सेफलाइटिसबाट जोगिन सरकारको आग्रह

सरकारले लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेई) रोगको जोखिमबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ।स्वास्थ्य तथा खाद्य स्वस्छता मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जेईको संक्रमण तथा मृत्युको संख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क रही सुरक्षित रहन आग्रह गरेको हो। महाशाखाले आज सूचना जारी गर्दै यस वर्ष जेईबाट देशभर २१ जनाको मृत्यु भइसकेको जनाएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी…

धवलशमशेर र पूर्वराजा ज्ञानेन्द्रबिच ‘लामो छलफल’, के कुरा भयो सोल्टी होटलमा

हालै मात्र जय नेपाल पार्टी गठन गरेका पूर्वसांसद धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरी 'लामो' छलफल गरेका छन्। जय नेपाल पार्टीका सचिवालय प्रमुख सगुनसुन्दर लावतीका अनुसार पार्टीका सभापति राणा र पूर्वराजा शाहबिच काठमाडौँस्थित सोल्टी होटलमा शनिबार भेटवार्ता भएको हो। 'उहाँहरूबिच वान टु वान वार्ता भएको हो', लावतीले आइतबार नेपालखबरसँग भने, 'छलफल लामै भएको र फलदायी रहेको सभापतिज्यूले…

१४औँ दक्षिण एसियाली खेलकुद आगामी चैत २० देखि २८ गतेसम्म

१४औँ दक्षिण एसियाली खेलकुद पाकिस्तानमा आगामी चैत तेस्रो साता हुने भएको छ। पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले १४औँ दक्षिण एसियाली खेलकुद २०८३ साल चैत २० देखि २८ गतेसम्म गर्ने निर्णय गरेको हो।पाकिस्तानमा हुने सागमा २८ खेल सहभागी हुनेछन्। सागमा आयोजक पाकिस्तानसहित नेपाल, बंगलादेश, भुटान, भारत, मालदिभ्स र श्रीलंका सहभागी हुनेछन्।हरेक ४ वर्षमा हुने साग…

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ। मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो।कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको ह्विपमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ…

स्वास्थ्य सेवालाई उपभोक्ता अदालतको अधिकारक्षेत्रबाट हटाउन सरकारसमक्ष ६ विकल्प

उपभोक्ता संरक्षण ऐन संशोधन कार्यदलले स्वास्थ्य सेवालाई उपभोक्ता अदालतको अधिकारक्षेत्रबाट पूर्ण रूपमा हटाउन सरकारलाई ६ विकल्पसहित सुझाव दिएको छ। नेपाल चिकित्सक संघसँगको सहमतिमा गठन गरिएको समितिले स्वास्थ्य सेवालाई उपभोक्ता अदालतको अधिकारक्षेत्रबाट हटाउन सकिने विकल्प प्रस्तुत गरेको हो। उक्त विषयमा समितिले आज स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहतालाई प्रतिवेदन बुझाएको हो।जसमा कार्यदलले ऐन…

सेवा सुविधा वृद्धि नगरे आन्दोलनमा उत्रिने राहत शिक्षकको चेतावनी

सरकारले सेवा सुविधामा विभेद गरेको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिले आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। अध्यक्ष वीरेन्द्र मल्ल र महासचिव डम्बर राईले संयुक्त प्रेस विज्ञप्ति जारी गरी अन्य शिक्षक र कर्मचारीसरह सेवा सुविधा वृद्धि गर्न माग गरेका छन्। सरकारले अन्य सरकारी कर्मचारीको तलब भत्ता बढाए पनि रातह शिक्षकको सेवा सुविधा वृद्धि गरेको छैन। यसलाई राहत शिक्षकहरूले पक्षपातपूर्ण व्यवहार भनेका…

अहिलेकै नेतृत्व र विचार रहिरहे एमाले पार्टी ध्वस्त हुन्छ: झलनाथ खनाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेकै नेतृत्व रहिरहे नेकपा (एमाले) ध्वस्त हुने टिप्पणी गरेका छन्। शनिबार नेकपाको कोसी प्रदेश समितिले आयोजना गरेको एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले मदन भण्डारीले अघि सारेको जनताको बहुदलिय जनवाद पनि पूँजीवाद भएको आरोप लगाएका छन्। एमालेका पूर्वअध्यक्ष समेत रहेका खनालले आफू लामो समय एमालेमा रहँदा नयाँ जनवादका लागि…

रास्वपा दलाल पूँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छ: झलनाथ खनाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पूँजीपति वर्गको मुख्य प्रतिनिधि भएको टिप्पणी गरेका छन्। शनिबार नेकपाको कोसी प्रदेश समितिले आयोजना गरेको एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले दलाल पूँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको जिकिर गरे। २०६२/६३ सालको परिवर्तनपछि नेपाली कांग्रेस दलाल…

हिजो कम्युनिस्ट हुनु भनेको त्याग गर्नुहुन्थ्यो: पम्फा भुसाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा भुसाल नेता तथा कार्यकर्तामा पदको मोह बढ्दै जाँदा कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएको बताएकी छन्। शनिबार नेकपाको कोसी प्रदेश समितिले आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै भुसालले पदप्राप्ती र पद मोह बढेको औंल्याएकी हुन्। खुला प्रतिस्पर्धाले यसलाई मलजल गरेको उनको भनाइ थियो। 'हिजो कम्युनिस्ट हुनु भनेको त्याग गर्नुहुन्थ्यो। कम्युनिस्ट…

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवनको खैरहनी नगरपालिका-१, तरकारी चोकस्थित पूर्व-पश्चिम राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएके छ। शनिबार दिउँसो नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बा. प्र. ०३-००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. प्र. ०१-०१५ प ३३८५ नम्बरको मोटरसाइकल तरकारी चोकमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक करिब ३० वर्षीय युवक र पछाडि सवार करिब २५ वर्षीया युवती गम्भीर घाइते भएका…

बालेन सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन: केपी ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने दाबी गरेका छन्। शनिबार भक्तपुरको नगरकोटमा सुरु भएको एमालेको 'जनसंगठत समन्वय संयन्त्र कार्याशाला'लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार विदेशीको आडभरोसमा चलेको आरोप लगाए। 'यो कुन शक्तिको आडभरोसामा चलेको छ मतलब छैन। यी तत्त्वहरूसँग हामी डराउँदैनौँ, डराउनुहुन्न,' ओलीले भने।…

अहिले जनजीविकाका सवाल ओझेलमा परेका छन्: यशोदा सुवेदी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री यशोदा गुरुङ सुवेदीले पार्टीको आन्तरिक संगठनात्मक सुदृढीकरण लगत्तै जनजीविका र राष्ट्रियताका मुद्दा लिएर सडक संघर्षमा उत्रिनुपर्ने बताएकी छन्। शनिबार काठमाडौंमा आयोजित नेकपाको कोसी प्रदेश एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले समाजवादी क्रान्तिको कार्यदिशा कार्यान्वयनका लागि वैचारिक र राजनीतिक तयारीलाई तिब्रता दिनुपर्नेमा जोड दिइन्। 'हामी अहिले समाजवादी…

आफूविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि एर्दोगानप्रति नेतन्याहुको आक्रोश: ‘यहुदीविरोधी र तानासाह’

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि इजरायलको प्रधानमन्त्री कार्यालयले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानविरुद्ध कडा अभिव्यक्ति दिएको छ। गाजामा सहायता सामग्री बोकेका जहाज जफत गरेको भन्दै टर्कीले नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको घोषणा गरेपछि शुक्रबार इजरायलको प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गरी टर्कीका राष्ट्रपति एर्दोगानलाई 'यहुदीविरोधी र…

अदालतबाट होइन, सानेपाबाटै कांग्रेसलाई एकतावद्ध बनाउनुपर्छ: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अदालतको बाटोभन्दा नभई पार्टी कार्यालयमै बसेर संवाद गरेर कांग्रेसको विवाद समाधान गर्नुपर्ने बताएका छन्। शनिबार कांग्रेसले आयोजना गरेको 'ग्रिन रन'का क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति शर्माले पार्टीभित्रका विवाद पार्टी कार्यलयमा बसेर समाधान गर्नुपर्ने बताए। कांग्रेस नयाँ सोच, दृष्टिकोण र ऊर्जासहित अघि बढिरहेको बताउँदै उनले संवादमार्फत…

नेपाली प्रविधि ‘टिङटिङ’ अब श्रीलंकामा पनि

नेपालमा विकास भएको सूचना प्रविधि विश्व बजारमा पुर् याउने दिशामा एक महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ। स्वदेशमा आफ्नो प्रभावकारी सेवा विस्तार गरिरहेको एआई-आधारित (एआई-पावर्ड) व्यावसायिक सञ्चार प्लाटफर्म टिङटिङले अब अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति बलियो बनाउन थालेको छ।यसै क्रममा टिङटिङले श्रीलंकाको सबैभन्दा ठुलो र अग्रणी दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटासँग रणनीतिक व्यावसायिक सम्झौता…